news and more entertainment

श्रीकृष्णलाई सम्मान भन्दै दर्शक हलमा ओईरिए (भिडियो सहित)

वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानमा दर्शकले हलमा बाक्लो उपस्थिती देखाएका छन् ।
शुक्रबार र शनिबार कमजोर ओपनिङ गरेको कोहिनूरले आईतवार र सोमवार आक्रमक कलेक्सन गर्‍यो । ‘यसरीनै केही दिन दर्शकले साथ दिने हो भने बर्षको सवै भन्दा बढी कलेक्सन गर्ने फिल्म हुन सक्छ कोहिनूर’ राजधानी वितरण हेरिरहेका वितरक सुनील मानन्धरको तर्क छ ।
काठमाण्डूमा कोहिनूरको चार दिनको ग्रस कलेक्सन ५४ लाख छ भने मोफसलमा करिब ४७ लाखको कलेक्सन छ । चार दिनमा करोड क्लब भित्र पर्न सफल कोहिनूरको आज मंगलबारको बिजनेस पनि बिहानै देखि आक्रम रहेको रिपोर्ट छ ।
फिल्म हल बाहिर राखिएको श्रीकृष्णको शोक पुस्तिकामा हस्ताक्षर गर्दै दर्शकले फिल्मको टिकट खरिद गरिरहेको धरानबाट चलचित्र पत्रकार अर्पण ढकालले रिपोर्ट दिएका छन् ।
पूर्वाञ्चलको विर्तामोडमा रहेको श्रीकृष्ण हलमा पनि ब्यापार आक्रमक रहेको खबर छ ।
१ करोड नेपाली बजेटमा बनेको कोहिनूरले आफ्नो लागनी रिकभर गर्न ३ करोडको ब्यापार गर्नुपर्ने हुन्छ । एक करोड ग्रस कलेक्सन हुँदा निर्माताले करिव ३८ लाख हातमा पाउछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget