प्रकाशित मिति : आइतबार श्रावण २५ , २०७१ | १४८ पटक हेरिएको
चरीको आमा अझै बेहोस
काठमाडौं । गुण्डा गर्दीमा कुख्याती कमाएपनि नेकपा एमालेको राजनीतिक आडमा प्रहरी कारवाहीबाट जोगिंदै आएका दिनेश अधिकारी मारिएपछि उनकी आमा अचेत बनेकी छिन् । छोरा मारिएको खवर पाएपछि छोराको लास हेर्न पुगेकी चरीकी आमा बेहोस भएकी हुन् । बेहोस भएकी चरीकी आमालाई पर्यटक चढ्ने भ्यानमा हालेर शिक्षण अस्पताल महाराजगञ्जमा चरीका सहयोगीहरुले पुर्याएका थिए । बेहोस अवस्थामा अस्पताल पुर्याएकी चरीकि आमालाई बुधवार राती ८ बजे आकस्मीक कक्षमा उपचारको लागि लगिएको थियो । आमा अझै बेहोस भएको स्रोतको दाबी छ ।
जुन अस्पतालमा चरीको लास पोष्ट मार्टम भइरहेको छ । यसैबिच चरिको प्रहरी कारवाहीमा मृत्यु भएपछि चरिको बहिनी तथा प्रेमीका अस्पताल पुगेका थिए । बिहे गर्न बाँकी रहेकी प्रेमीका खुस्बु ओली रुँदै अस्पताल पुगेकी थिइन् । उनीसँग चरिले एक वर्षअघिनै इन्गेजमेन्ट गरिसकेको स्रोतको दाबी छ तर खुस्बु भने इन्गेजमेन्ट नभएको बताउदै आएकीछन् ।
Post a Comment