news and more entertainment

श्रीकृष्ण को शव २:३० बजे नेपाल आइपुग्ने ।

न्तत विभिन्न कारण श्रीकृष्ण श्रेष्ठको शवलाईआज दिउसो नेपाल ल्याइदै छ । दिउसो साढे दुई बजे एयरपोर्टमा शव रिसिभ हुने फिल्मकर्मी हरुले जनाएका छन । दिउसो १ बजेको एयर इन्डियाको फ्लाइटबाट  नेपाल ल्याइने शव दिउसो २ बजे नेपाल आइपुग्नेछ । मंगलबार साझ बसेको चलचित्र बिकास बोर्ड, श्रीको परिवार तथा फिल्मकर्मीहरुको  बैठकले सोमबार मात्र शव नेपाल ल्याइने निर्णय गरेको हो ।shreekrishna shrestha-inसोमबार शव रिसिभ गरिएपछि बृहत शवयात्रा निकालिनेछ । शवयात्रा सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिहदवार हुदै नेपाल प्रज्ञा प्रतिष्ठान पुर्याइनेछ । जहाँ श्रद्धाञ्जलीको लागी २ घण्टा  श्रीको पार्थिव शरिर राखिनेछ । त्यसपछि अत्येष्टिका लागी पाशुपति आर्यघाट लगिनेछ र बेलुका ५ बजेभित्रमा अन्त्येष्टि गरिसक्ने कार्यक्रम छ ।
श्रीको पार्थिव शरिरमा एयरपोर्ट, प्रतिष्ठान र आर्यघाटमा राष्टिय झन्डा ओढाएर सम्मान गरिनेछ । त्यस्तै चलचित्र बिकास बोर्डको पहलमा सुरक्षाकर्मीको मद्दतले राष्टिय शोकधुनसमेत बजाइने तयारी गरिएको छ । यता श्रीलाई श्रद्धाञ्जली दिनको लागी प्रधानमन्त्री शुशील कोइरालाको समेत उपस्थिति रहन सक्ने संकेत प्रधानमन्त्री कार्यलयले दिएको  छ ।  श्रीको शनिबार राती दिल्लीमा उपचारको क्रममा निधन भएको थियो । बोन क्यान्सरका कारण उनको ज्यान गएको बताइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget