news and more entertainment

‘चरी’ का सहयोगी ‘डार्लिङ’ पक्राउ

४ भदौ, काठमाडौं । साउन २१ मा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का प्रमुख सहयोगी ‘डार्लिङ’ उपनामका अजयकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोगमा प्रहरीको खोजीको सूचीमा रहेका मकवानपुरको चुरियामाई गाविस-२ निवासी ‘डार्लिङ’ एक वर्ष अघिदेखि फरार थिए ।
डार्लिङले ०७० पुस १४ गते राति काठमाडौंको बनस्थली पार्टी प्यालेसमा अर्का गुण्डा नाइके राधे उपनामका राधाकृष्ण्ण भण्डारीलाई खुकुरी प्रहार गरेपछि प्रहरीले उनलाई खोजीरहेको थियो ।
३३ वषर्ीय डार्लिङमाथि ठेकेदारहरुलाई डर धम्की देखाएर कमिशन लिएको तथा आफ्नो पक्षका ठेकेदारलाई टेण्डर पार्न दवाब दिने गरेको अभियोग छ । त्यसैगरी हाउजिङ कम्पनी तथा घर जग्गा कारोवारमा संलग्नहरुसँग हप्तावारी र महिनावारी कमिशन असुलेको दाबी प्रहरीले गरेको छ । प्रहरीबाट मारिएका चरीको नेतृत्वमा डार्लिङसहितले काठमाडौंका रेष्टुरेण्ट र डान्स बारहरुलाई सेयर उपलब्ध गराउन दवाब दिने अभियोगमा प्रहरीले खोजी गरिरहेको थियो ।
अपराध अनुसन्धान महाशा हनुमान ढोकाका प्रमुख एसएसपी पुष्कर कार्कीले डार्लिङलाई सोमबारै पक्राउ गरिएको जनाउँदै उनीमाथि अनुसन्धान जारी रहेको जानकारी दिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget