दीपेन्द्र दोङ तामाङ ।
नेपाली चलचित्रका भलाद्मी नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको एक साता नाघिसकेको छ । उनको निधनले शोकमग्न बनेको उनको परिवार र पत्नी श्वेता खड्कालाई मात्र होइन सिंगो नेपाली चलचित्र क्षेत्र अझ भनौं मुलुकलाई नै श्रीको निधन एउटा दुस्वप्न जस्तो लागिरहेको छ–अझै । तर सत्य आखिर सत्य नै हुन्छ,जति नै तीतो भए पनि ।
नेपाली चलचित्रका भलाद्मी नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको एक साता नाघिसकेको छ । उनको निधनले शोकमग्न बनेको उनको परिवार र पत्नी श्वेता खड्कालाई मात्र होइन सिंगो नेपाली चलचित्र क्षेत्र अझ भनौं मुलुकलाई नै श्रीको निधन एउटा दुस्वप्न जस्तो लागिरहेको छ–अझै । तर सत्य आखिर सत्य नै हुन्छ,जति नै तीतो भए पनि ।
पति श्रीकृष्णको निधनले पत्नी श्वेतामाथि जुन बज्रपात भएको छ,त्यो सहन उनलाई अहिले अवश्य गाह्रो भएको छ । त्यसैले श्वेता अझै पनि अर्ध बेहोसीमै छिन् । आफू र श्री अभिनित चलचित्र कोहिनूरप्रति दर्शकले देखाएको सहानुभूति र सिंगो मुलुकले नै श्रीप्रति व्यक्त गरिरहेको समवेदनाले उनलाई फिटिक्क छुन सकेको छैन । तर भगवानले मान्छेलाई यस्तो शक्ति दिएको छ कि यस्ता सहनै नसक्ने घट्ना पनि विस्तारै भुल्दै स्वभाविक जीवन जीउने कला पनि वरदान दिएको छ । त्यसैले समयसँगै श्वेताले पनि अहिलेको शोकलाई विर्सदै जानेछिन्,जुन आवश्यक पनि छ । किनभने नियति र समयलाई कसैले पनि रोकेर रोकिन्न ।
श्वेताले अब आफ्नो बाँकी जीवन कसरी कट्लिन् ? त्यो अहिले नै अनुमान लगाउँनु असान्दर्भिक मात्र होइन अशोभनीय पनि हुन्छ । तर श्वेताले आफूलाई यस अर्थमा भाग्यमानी मान्नुपर्छ कि उनले जीवन साथीको रुपमा श्रीलाई पाइन् । जसले बाँचुञ्जेलको साथमा माया र लोभलाग्दो करियार दिए भने मरेर जाँदा पनि श्वेतालाई स्वाभिमानपूर्ण जिन्दगी दिएर गए ।
एउटी सामान्य नृत्यकी प्रशिक्षार्थी श्वेतालाई नेपाली रजतपटकी स्थापित नायिका बनाउँनमा श्रीको हात रहेकोमा अरुको त के श्वेताले पनि नकार्न सक्दिनन् । श्रीकृष्ण अभिनित उनी आफैंले निर्माण गरेको चलचित्र कहाँ भेटिएलाबाट पहिलोपटक रजतपट छिरेकी श्वेतालाई पहिलो चलचित्रबाटै आकर्षक स्टारडम मिल्यो । त्यसका लागि श्रीले प्रत्यक्ष र अप्रत्यक्ष तरिकाले खेलेको भूमिका साँच्चिकै लोभलाग्दो थियो । त्यसैले पनि होला बदलामा श्वेताले पनि आफ्नो गुरु दक्षिणा स्वरुप आफ्नो मन नै समर्पित गरिदिइन् श्रीका खातिर । दुई वयस्क मनहरु मिलिसकेपछि त्यहाँ तन मिल्नु वा नमिल्नुले खासै अर्थ नरहनुपर्ने हो तर नेपाली समाजले त्यसो भन्दैन । त्यही भएर विभिन्न कन्ट्रोभर्सीहरु मच्चिने गर्छन् बेला बेलामा–नेपाली रजतपटमा । तर श्री र श्वेताको जोडी भने कहिल्यै यस्ता वाहियत कन्ट्रोभर्सीमा फसेनन् । किन भने उनीहरुको प्रेम साँचो थियो । अझ त्यो भन्दा ठूलो कुरा खुला थियो । हुन पनि एउटा नेवारको छोरा श्रीकृष्ण र क्षेत्रीकी छोरी श्वेताले आफूहरुबीचको सम्बन्धलाई कहिल्यै लुकाएनन्,कहिल्यै छोपेनन् । किनभने प्रेम गरेर न उनीहरुले अपराध गरेका थिए न त त्यसको दुरुपयोग नै गरे । त्यसैले सात सात वर्षसम्म उनीहरु सँगै रहँदा,सँगै बस्दा कसैले पनि औंला उठाउँने हिम्मत गर्न सकेनन् । कतिसम्म भने उनीहरु स्वदेशमा रहँदा पनि सँगै हुन्थे,विदेश जाँदा पनि सँगै जान्थे । कुनै सभा समारोह र टेलिभिजन कार्यक्रमहरुमा सहभागी र प्रस्तुत हुँदा पनि श्रीमान श्रीमतिकै हैसियतमा प्रस्तुत हुन्थे । त्यसमा न उनीहरुलाई अप्ठ्यारो लाग्थ्यो न त उनीहरुका परिवारले नै गलत भन्थे । किनकि त्यो विश्वासको नाता थियो ।
तर श्री विस्तारै रोगले थलिदै गए,च्यापिदै गए र त्यसले उनलाई गाल्नुसम्म गाले । अचम्म रोगले त श्रीलाई च्यापेको थियो तर श्रीभन्दा बढी श्वेता थला परेकी थिइन् मनमनै । यसबीचमा उनीहरुले थप केही चलचित्रहरु सँगै गरे । श्री बाहेक अरुसँग चलचित्र नखेलेर श्वेताले पनि आफ्नो श्रीप्रतिको आशक्ति स्पष्ट झल्काईन् । एवम्रितले उनीहरुको सहयात्रा कोहिनूर चलचित्रसम्म आइपुग्यो । त्यहाँसम्म आइपुग्दा श्वेता र श्री विजनेश पार्टनरका रुपमा पनि देखिए । गौशालामा अवस्थित होटल इण्द्रेणीदेखि चलचित्र छाँयाकनको व्यवस्थापन मिलाइदिने कम्पनीसम्म श्रीले श्वेतालाई आफ्नो पार्टनर बनाए ।
जब श्रीलाई लाग्यो अब मेरो समय धेरै छैन,उनी आफ्नो नजिकिएको मृत्युलाई लिएर भन्दा पनि श्वेताको भविष्यलाई लिएर बढी चिन्तित थिए । त्यसैले उनले हतारोमै भए पनि मृत्युको एक महिना अघि आएर श्वेतालाई आफ्नो नामको सिन्दूर दिए । त्योसँगै श्वेता श्रीकृष्ण पत्नी कहलिइन्,समाज र परिवारमा छुट्टै सम्मान र माया पाइन् । यदि श्रीले यति हतारो नगरेको भए अहिले विचरी र कठै भनेर सान्त्वना दिइरहेकी तिनै श्वेतालाई हेर्ने नजर अर्कै हुन्थ्यो । सके श्रीकृष्णसँग सात सात वर्ष लहसिएर विटुलिएकी युवतीको संज्ञासम्म पाउँथिन् कि ? तर दुरदर्शी श्रीले समाजको यस्तो रुपलाई ध्यानमा राखेर त्यही समाजमा सम्मान दिलाउँन भए पनि श्वेतालाई आफ्नो सिन्दूरले रंगाए । हुन त उनको सिन्दूरको रंग त एक महिनामै पखालियो तर श्रीले दिएको सम्मानले श्वेताका लागि बाँकी जीवन जीउँन अवश्य पनि सजिलो बनाइदिएको छ ।
श्रीको अप्रत्याशित निधनपछि अप्रत्याशित रुपमै कीर्तिमानी व्यापार गरिरहेको कोहिनूरको मात्र होइन,इन्द्रेणी होटल र प्रोडक्सन कम्पनीको हकदारको रुपमा श्वेतालाई अगाडि सारेर गएका छन्–श्रीकष्ण । यी केही प्रसँगहरुको विश्लेषणले मात्र पनि श्रीकृष्णको श्वेताप्रतिको प्रेम साँच्चिकै पूज्य लाग्छ । यस्ता पूजनीय प्रेमी यो कलियुग त्यसमा पनि यो रंगीन क्षेत्रमा पाउँने श्वेताको तकदिरलाई सलाम !
sahayatri
Post a Comment