काठमाडौँ,२ भदौ । विवाह भएको एक महिनामै पति श्रीकृष्ण श्रेष्ठको निधन पछि अहिले श्वेता खड्काको अवस्था कस्तो होला ? यो अहिले धेरैले जान्न चाहेको विषय हो ।
उनका नजिककाहरु भन्छन-श्री त मरेर गए,उनको शोकमा श्वेता पनि अझै अर्ध मृत अवस्थामै छिन । उनी अझै बेहोशीमा छिन,कुनै कुराको होश छैन । मात्र बर्बराउछिन,मेरो सर्वश्व लुट्यो । उनको त्यो अवस्था देख्दा मुटु चसक्क नहुने र आँखा नरसाउने कोहि छैनन् ।
श्री र श्वेता अभिनित चलचित्र कोहिनूरका निर्देशक आकाश अधिकारी भन्छन- ‘उहाँ अत्याधिक शोकमा हुनुहुन्छ । बोल्नसक्ने अवस्था भएको छैन् ।’
यता श्रीकृष्णले अन्तिम पटक अभिनय र निर्माण गरेको चलचित्र ‘कोहिनूर’ ले कीर्तिमानी व्यापार गरिरहेको छ । एकै दिनमा करोडको व्यापार गरेर नेपाली सिनेमामा ऐतिहासिक रेकर्ड कायम गर्यो । जताततै ‘कोहिनूर’को चर्चा छ, तर यो चर्चा र खुसीबाट अभिनेत्री एवम् श्री पत्नी श्वेता भने बेखबर छिन,यो सफलताले उनलाई पलभरको सान्त्वना मिल्न सकेको छैन ।
न त यसबारेमा ‘कोहिनूर’का निर्देशक अधिकारीले नै श्वेतालाई यसबारे भन्न सकेका छन् । फिल्मको सफलतामा खुसी मनाउने की दुःख मनाउने उनी आफै अन्योलमा परेका छन् । त्यसैले दिनहु श्वेतालाई भेट्न गए पनि अधिकारीले फिल्मी सफलता साट्न सकेका छैनन् । ‘ १३ औ दिनको दिन हिम्मत निकालेर फिल्मको सफलताबारे उँहालाई सुनाउने विचारमा छु ।’ आकाशले भने ।
पति शीको निधन पछि एक्लिएकी श्वेताले एकजना मायालु आमा भने पाएकी छिन । उनी हुन्-बसुन्धरा भुषाल । श्रीको निधनको शोकमा श्वेतालाई आमाले जस्तै हेरविचार गरिरहेकी छन्, भुषालले । उनी दिनको एकपटक श्री निवासमा पुग्छिन् । श्वेतालाई आट दिन्छिन् । ‘ तर उसका आशु थामिएका छैनन् । रोएको रोएै छ । हरेश खाएर बसेकी छ । म सकेसम्म उसलाई समाल्न खोज्छु हाम्रो प्रयास काम लागेको छैन । अब समयले घाउको खाटा पुर्दै जाला ।’ भुषालले बताईन ।
Post a Comment