news and more entertainment

दिनेश अधिकारी चरीको हत्या प्रहरीले नियोजितरुपमा गरेको एमाले सांसदहरुको आरोप, छानविन समिति गठन नगरे सदन अवरुद्ध गर्ने चेतावनी ..

नेकपा एमालेका सांसद राजेन्द्रप्रसाद पाण्डेले बुधबार प्रहरीको ईन्काउन्टरमा मृत्यु भएका दिनेश अधिकारी चरीको हत्या प्रहरीले नियोजित रुपमा गरेको आरोप लगाउनु भएको छ । उहाँले यसको हत्या बारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन नगरे सदन अवरुद्ध गर्ने अवस्था आउने चेतावनी दिनु भएको छ । 




बिहीबार बसेको व्यवस्थापिका ससददको बैठकमा समय मागेर बोल्दै सांसद पाण्डेले प्रहरीले दिएको बिबरण आधारहिन तथा झुटो भएको बताउदै कुनै अपराधी भएमा यसको कारबाही गर्ने कानुन हुदा हुदै प्रहरीले सिधै गोली हानी हत्या गर्न नमिल्ने जिकिर गर्नुभयो ।


 प्रहरीले अधिकारीलाई रिङरोडमा नै पक्राउ गरि भीमढुङगामा लगेर हत्या गरेको आरोप लगाउदै सांसद पाण्डेले अपराध माहाशाखा काठमाण्डौका एसएसपी पुष्कर कार्कीलाई निलम्वन गरि सत्यतथ्य छानबिन समिति गठन गर्नु पर्ने माग गर्नु भयो । 


सांसद पाण्डेले यस बिषयमा सरकारका तर्फबाट गृहमन्त्रीले जवाफ दिनु पर्ने समेत बताउनु भएको छ । बैठकमा एमाले धादिङका संसदहरु गुरु बुर्लाकोटी र गंगालाल तुलाधरले सरकारले यस बिषयमा सत्यतथ्य छानबिन गरि जनताको बाच्ने अधिकार सुरक्षा नगर्ने हो भने एमालेनै सम्लग्न यस्तो सरकार नचाहिने जिकीर गर्नु भयो । 


त्यस्तै बिहीबारको बैठकमा सांसदहरुले बुधबार रुकुमबाट नेपालगञ्ज आउदै गर्दा १८ बर्षिय किशारीलाई सार्वजनिक बसमा योजनाबद्ध रुपमा सामुहिक बलत्कार गर्ने सुमन जिसी र अजित सुनुवारलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन । 


पीडकलाई सर्वस्व सहित जन्मकैदको माग गर्दै सांसदहरुले पीडकको सबै सम्पत्ति पीडितलाई उपलब्ध गराई पीडित बालिकाको उपचारको व्यवस्था गर्न माग गरेका छन । कानुन निमार्ण गर्ने क्रममा रहेको् उल्लेख गर्दै सांसदहरुले यस सम्वन्धमा कडा कारवाही हुने कानुन निमाणर््ा हुनु पर्ने बताएका छन । 

बैठकमा एकीकृत नेकपा माओबादीका सांसद शक्ति बहादुर बस्नेतले सरकारले दुर्गम क्षेत्रका जनताहरुलाई राज्यले दिदै आएको सेवा सुविधालाई सहज बनाउन नसकेको गुनासो गर्नुभयो । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget