काठमाडौं, २० साउन । गुजराजमा आर्थिक क्रान्ति गरेर रातारात उदाएका नरेन्द्र मोदीको चर्चा यतिबेला भारतमा मात्र होइन विश्वमै फैलिएको छ । बाराक ओबामा अमेरिकामा जसरी उदाए मोदी एसियामै त्यसैगरी उदाएका छन् र आफ्नो प्रभाव विस्तार गर्दै लगेका छन् । कुनै समय चिया बेच्ने केटो कसरी विश्वमै कसरी शक्तिशाली नेता बन्न पुगे त ?
मोदीबारे केही रहस्यहरू
गुजरातलाई छोटो समयमै आर्थिक क्रान्तिमा लगेर भारतको नमुना राज्य बनाएका उनी, कुरा मात्र होइन काम गर्ने व्यक्ति हुन् । काममा कतिसम्म रमाउँछन् भने तीन घन्टामात्र सुत्ने उनी सुत्छन् । गुजराजको मुख्यमन्त्री हुँदा बिहान सात बजेदेखि बेलुका १० बजेसम्म कार्यालयकै काममा बिताउने गर्दथे । कार्यालय समय पनि उनी हरेक दिन सामाजिक सञ्जालमा समय बिताउँछन् । फेसबुक र ट्वीटरमा उनका दुई करोड फलोअरर्स छन् । प्रविधिमा समेत पोख्त उनी सामाजिक संजालको सक्रियताका कारण पनि चर्चित भएका हुन् । इन्टरनेटमा दैनिकजसो उनी समय बिताउँछन् ।कुमार कि विवाहित ?
उनको जीवनको सबैभन्दा ठूलो रहस्य भनेको वैवाहिकसम्बन्ध बारे नै हो । नरेन्द्र मोदी कुमार कि विवाहित हुन् भन्ने विषयमा ठूलो परिचर्चा हुने गरेको छ । हालैको बिधानसभा निर्वाचनको अघि भने उनले आफू विवाहित भएको बताएर त्यो विवाद हल गर्न खोजेपनि रहस्य अझै खुल्न सकेको छैन ।१८ वर्षको उमेरमा उनले विवाह गरेका थिए । जुन एक किसिमको बालविवाह हो । तर उनको संस्कृतिअनुसार सोही युवतीसँग दोस्रो बिहे गरेपछि मात्र सँगै बस्ने चलन छ । तर मोदीले दोस्रो बिहे गरेनन् । भाजपाको मातृसंस्था राष्ट्रिय स्वय्मसेवक संघ (आरएसएस)मा आबद्ध भएपनि उनले कुमार नै रहने घोषणा गरेका थिए । उनकी श्रीमती जसोडेबेन, एक स्कुलकी अवकाशप्राप्त शिक्षिका हुन् । मोदीसँग बिहे गरेको उनी पनि स्वीकार्छिन् । मोदीले आफुलाई भेट्ने आउने इच्छा त छ । उनको तर मोदीलाई दु:ख दिने चाहना भने छैन । उनी बनासकान्त जिल्लामा बस्दै आएकी छिन् ।
वाककलाको रहस्य
हुन त मोदीको अमेरिकासँग राम्रो सम्बन्ध छैन । तर, उनको सफलतासँग अमेरिकाको पढाई पनि गासिएको छ । मान्छेलाई मन्त्रमुग्ध हुने गरी भाषण गर्नुका पछाडी अमेरिकामा उनले पढेको एउटा कोर्षको पनि भूमिका छ । ‘पब्लिक रिलेसन तथा इमेज बिल्डिङ मेनेजमेन्ट’ नाम कोर्स उनले त्यहाँ पढेका थिए । त्यहीकारण उनले मान्छेसँग कसरी सम्बन्ध राख्नुपर्छ र कसरी बोल्दा प्रभावित गर्न सकिन्छ भने बुझेका छन् ।उनी बच्चैदेखि राष्ट्रवादी थिए । सन् १९६५ को भारत पाकिस्तान युद्धमा उनी १५ वर्षका थिए । त्यतिबेला रेल्वे स्टेशनमा उनले सेनामा स्वयम्सेवकका रुपमा काम गरेका थिए ।
सन्यासी बन्न चाहन्थे
स्कुल तहको पढाई पूरा गरेपछि उनी सन्यासी बन्न घरबाट भागेका थिए । पश्चिम बंगालको बेलुरस्थित रामकृष्ण आश्रम र हिमालय क्षेत्रमा उनले साधुका रुपमा २ वर्ष बिताएका थिए । पछि अचानक सन्यासी जीवन त्यागेर उनी घर फर्केका थिए ।सन्यासी जीवन त्यागेपछि उनी चिया पसले बने । अहमेदावादस्थित यातायात कार्यालयमा दाईले राखेको चिया पसलमा उनी चिया बेच्ने काम गर्दथे । त्यसकारण धेरैले उनलाई ‘चायवाला’ भन्ने गर्दछ । मोदी स्वयम् पनि आफुलाई चायवाला भन्न रुचाउने गर्दछ । नेपालको संसदमा भाषण गर्दा पनि हास्दै उनले यो प्रशंग निकालेका थिए । खासमा चिया पसलमा काम गर्दादेखि नै उनको जीवनमा परिवर्तन आएको मानिन्छ । त्यसबेला जीवनमा परिश्रमको महत्व बुझेपछि मोदीको जीवनलाई हेर्ने दृष्टिकोणमा भिन्नता आएको थियो ।
जे गर्दा पनि आमाको आर्शिवाद
उनी आफ्नी आमालाई एकदमै माया गर्छन् । जुनसुकै नयाँ काम गर्न लाग्दा पनि आमाको आर्शिवाद लिने गर्दछन् । चुनाव जितेपछि उनले आफ्नी आमाको हातबाट लड्डु खाएका थिए ।कवि मोदी
आइतबार संसदमा निकै मिठासपूर्ण भाषण गरेपनि मोदीलाई धेरैले कवि पनि भने । खासमा उनी नेता मात्र होइनन् कवि पनि हुन् । गुजराती भाषामा उनले धेरे कविता लेखेका छन् । हिन्दू दर्शन तथा जीवनका बारेमा उनी कविता लेख्न रुचाउँछन् । उनी विवेकानन्दका ठुला फ्यान पनि हुन् । (दैनिक नेपाल)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment