सोसल मिडिया साइटमा पनि यसले निकै आलोचना खेपिरहनु परेको छ । आफ्नो फोटोसुटले आलोचना खेपिरहेका बेला फोटोग्राफर राज शेट्टीले भने यसको बचाउ गरिरहेका छन् । उनी भन्छन्, ‘यो फोटोसुप निर्भया ग्यांग रेपबाट प्ररित नभई महिलाहरुको स्थितिको चित्रण गर्न गरिएको फोटोसुट हो ।’ यो फोटोसुटमाथि सामूहिक बलात्कारलाई ग्ल्यामर बनाउन खोजेको आरोप लागेको छ ।
स्मरण रहोस् निर्भया ग्यांग रेपमा पिडित महिलालाई पनि बसमा नै सामूहिक बलात्कार गरिएको थियो त्यसकारण यो फोटोसुटलाई यहि घटनासँग प्रेरित भएको बताइएको छ । राज शेट्टीको यो फोटोसुटले ट्विटरमा पनि निकै आलोचना सहनु परेको छ । भारतीय संगीतकार विशाल दादलानीले यो फोटोसुटमाथि ट्वट गर्दै यसलाई लज्जास्पद र वाहियातको संज्ञा दिएका छन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment