news and more entertainment

करोड क्लवमा श्रीकृष्णको ‘कोहिनुर’

kohinoor-poster
शनिवार दिवंगत भएका अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित पछिल्लो चलचित्र ‘कोहिनुर’ करोड प्रवेश गरेको छ । सोमवारसम्म ९० लाखको कारोवार गरेको ‘कोहिनुर’को मंगलवार बिहानी सो को कलेक्शनपछी १ करोड क्लवमा प्रवेश गरेको वितरक सुनिल मानन्धरले फिल्मीजुम डटकमलाई जानकारी दिए ।
रिलिजको पहिलो दिन खासै राम्रो व्यापार गर्न नसकेको चलचित्रले त्यसपछीका दिनमा दर्शकको राम्रो साथ पाएको छ । त्यसो त शनिवार राती अभिनेता श्रीकृष्णको निधन भएपछी सिनेमा हलमा झन भन्दा झन दर्शकको उपस्थिती बढेको वितरक मानन्धरको भनाई छ । काठमाडौं सहित मोफसलका बिभिन्न ठाउँका प्रायः सिङगल थिएटरहरु सोमवार पुर्ण तथा मंगलवारको बिहानी सो मा हाउसफुल बने भने मल्टिप्लेक्स हलमा पनि दर्शकको चाप बढीरहेको छ ।
चलचित्राम श्रीसँगै उनकी पत्नी श्वेता खड्का लिड रोलमा छन् । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । त्यसो त चलचित्रका लगानीकर्ता पनि श्री र श्वेता नै हुन् । यही कलेक्शनले निरन्तरता पाउने हो भने चलचित्रले नयाँ रेकर्ड कायम गर्नेतर्फ बाटो लिने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget