बेलायतका चर्चित बक्सर अमिर खानको ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको ट्वीटरमा २ महिलाको नाङ्गो तस्विर राखिएको छ ।
मिरले पवित्र महिना रमादान चलिरहेको समयमा धर्म परंपरा अनुसार नाङ्गा महिलालाई देख्न नहुने विश्वास छ । तर यही समय पारेर ह्याकरले उनको ट्वीटरमा नाङ्गा महिलाका तस्विर राखेका हुन् ।
उनको ट्वीटमा यस्ता तस्विर आएपछी मुस्लिम फलोअरहरुले उनको चर्को आलोचना गरेका छन् । कतिपयले त यस्ता तस्विर देख्दा आफूलाई बक्सरले नै पन्च मारेको अनुभव भएको समेत भनेका छन् ।
केही समय पछि मात्र अमिरले आफ्नो अकाउन्ट ह्य्याक भएको भन्दै क्षमा याचना गरेर ती पोष्ट हटाएका थिए ।
अमिर २ जनालाई आक्रमण गरेको अभियोगमा पक्राउ परेको २ दिन पछि यो घटना भएको हो । तर उनले सफाइ पाइ सकेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment