news and more entertainment

नेपाली हिरोइनले भारतमा यसरि गर्दैछन धन्दा

काठमाडौं, असोज १६  । 
भारतमा फिल्मी क्षेत्रको आवरणमा हिरोइनहरुको एकाएक कालो धन्दाहरु सार्वजनिक भइरहँदा नेपाली हिरोइनहरु समेत शंकाको घेरामा परेका छन् ।नेपाली फिल्ममा कुनै पनि रोल नपाएपछि खाली हात बसेका केही हिरोइनहरु साउथ इन्डिन फिल्म खेल्ने भन्दै महिनौंसम्म भारत गएर बस्ने गरेका छन् । ‘बर्षेनी तीन–चार महिना भारतको बंगैलोर, हैदराबाद, मुम्बई र गोवामा पुग्ने गरेपनि उनीहरुको फिल्म सार्वजनिक भएको विषयमा अहिलेसम्म कलिउड बेखबर छ । न त नेपाली फिल्म क्षेत्रलाई नै यसबारेमा जानकारी हुन्छ । अझ नेपाली हिरोइनहरुले साउथ एसियन फिल्म खेलेको समाचार पनि विरलै आएका छन् । त्यसो भए नेपाली हिरोइनहरु भारतमा गएर के गर्छन त ?’, नेपाली फिल्मका एक निर्देशकले भने, ‘यसका विषयमा हामी पनि अब बुझ्दै छौं ।’ स्रोतका अनुसार, नेपाली हिरोइनहरु पनि भारतीय माफियाको चंगुलमा छन्, जो फिल्म खेल्न होइन, देह व्यापारका लागि भारत पुग्छन् । फिल्म त उनीहरुको बाहनामात्रै हो ।भारतमा कलाकार र हिरोइनहरुले हाइ प्रोपाइल र्‍याकेट संचालन गरिरहेको सार्वजनिक भइरहेकाले नेपाली हिरोइनहरु पनि उनीहरुकै चंगुलमा फसेको बताइएको छ ।नेपालमा फिल्म नचलेपछि फिल्मको बाहनामा भारतका विभिन्न शहरमा पुग्ने र हाइप्रोफाइल व्यापारीहरुको इच्छा पूर्तिमा केही नेपाली हिरोइनहरु प्रयोग हुने गरेको स्रोतको दाबी छ । ‘यो धन्दा चल्न थालेको धेरै भएको छैन्, केही नवनायिकाहरु यो धन्दामा छन्, जसले उनीहरुलाई छोटो समयमै पैसा कमाउन सहायता दिलाएको छ ।’– स्रोतले भन्यो ।नेपाली हिरोइनहरुलाई यस्ता धन्दामा संलग्न गराउन भारतीय दलालहरु नेपालमै आउने र उनीहरुले नै मोटो रकम मोलमलाई गर्ने स्रोतको दाबी छ । भारतमा केही समय पहिले चर्चित नायिका श्वेता वसुप्रसाद उच्च घरानिया व्यापारीसँग देहव्यापारमा संलग्न रहेको अवस्थामा रंगेहात पक्राउ परेकी थिइन् । त्यसपछि पनि थुप्रै नायिका, चलचित्रका निर्देशक र कलाकार यौनधन्दा चलाएको अभियोगमा पक्राउ परिसकेका छन् । dainiknepal -  भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget