news and more entertainment

रेखा थापा कारबाहीमा, निर्माता संघद्वारा साधारण सदस्यसमेत नरहने गरी निश्कासन

काठमाडौँ : शुक्रबार रिलिज गर्नुपर्ने निर्णय बेवास्ता गर्दै बुधबार फूलपातीको दिन आफ्नो फिल्म 'हिम्मतवाली' हलमा लगाएको भन्दै निर्माता ‌संघले  नायिका रेखा थापा र उनको कम्पनी रेखा फिल्मस्‌लाई कारबाही गरेको छ।  

निर्माता संघको बुधबार बसेको कार्यसमितिको बैठकले रेखा थापालाई साधारण सदस्यबाट समेत निश्कासन गरेको महासचिव केशव भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।  चलचित्र निर्माता संघ र चलचित्र संघबीच साउन २३ गते १९ बुँदे सहमति भएको थियो।

भट्टराईका अनुसार सोही सहमतिको नवौँ बुँदामा 'काठमाडौँ उपत्यकामा नयाँ स्वदेशी चलचित्रको प्रदर्शन गर्दा अनिवार्य रुपमा शुक्रबार मात्र गर्नुपर्नेछ' लेखिएको छ। 

'हिम्मतवाली' रिलिज भएकै दिन बसेको निर्माता संघको कार्यसमितिको बैठकले निर्माताहरुको हकहितविपरीत एकतर्फी ढंगले चलचित्र संघले सहमति र सहकार्य तोडेको भन्दै दशैँ लगत्तै सम्पूर्ण निर्माताहरुको विशेष भेलाबाट प्रतिकार गर्ने निर्णयसमेत गरेको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget