कुनै बेला बलिउडमा माधुरी दिक्षीतसँग तुलना गरिने मनीषा कोइराला अहिले गुमानाम जस्तै छिन् । पछिल्लो पटक क्यान्सर भएपछि उनी उपचारका लागि अमेरिका गइन् र लामो समय त्यतै बसिन् ।
हालै मात्र उनी फाट्ट फुट्ट मात्र सार्वजनिक कार्यक्रममा देखिन थालेकी छिन् । यहाँ मनीषाको जीवनका केही नसुनिएका र विवादास्पद विषयको चर्चा गरिएको छ ।
मनीषा डाक्टर बन्न चाहन्थिन् तर उनी अभिनेत्री बन्न पुगिन् ।
हुनत मनीषाले नेपाली युवक सम्राट दाहालसँग विवाह गरिन् तर उनी विवाह अघि विभिन्न विवादास्पद सम्बन्धबाट गुज्रेकी थिइन् । मनीषा प्रेममा पर्नु नियमित अभ्यास जस्तै भएको टिप्पणी समेत कतिपयले गर्छन् ।
मनीषाले बलिउडका थुप्रै सेलिब्रेटी पुरुषहरुसँग संगत गरिन् । शुरुमा उनले सौदागरका सहकर्मी अभिनेता विवेक मुश्रानसँग नजिकिएकी थिइन् ।
manisha with musran
मुश्रानसँग लामो नजमेपछि मनीषाले नेपालका लागि अष्ट्रेलियन राजदुत क्रिप्सिन कोनोरीसँग रोमान्स थालिन् । क्रिप्सिन मनीषालाई मरिहत्ते गर्थे र उनीहरुबीच सन् २००२ मा इन्गेजमेन्ट पनि भएको थियो । तर पछि मनीषाले आफू विवाहका लागि तयार नभएको भन्दै सम्बन्ध तोडिन् ।
crispin manisha
त्यसपछी मनीषा अग्नी शाक्षीका सहकर्मी तथा विवाहित अभिनेता नाना पाटेकरसँग सम्बन्धमा आइन् । मनीषाले नानाले आफ्नो लागि श्रीमती छोड्लान भन्ने आशा पुरा नभएपछी उनीसँग पनि सम्बन्ध तोडिन् ।
manisha controversy 1
नानासँग सम्बन्ध तोडिएपछि चाँहि उनले हुशेनसँग भेटिन् । हुशेनसँग उनको सम्बन्ध झनै अन्तरंग रहेको बताइन्छ । यद्यपी यो सम्बन्ध पनि कालान्तरमा टुट्यो ।
सन् २००३ मा लण्डन गएकी मनीषाले त्यही नै नाइजेरियन ब्यापारी सेसिलसँग रोमान्स थालिन् । उनलाई भेट्न मनीषा पटक पटक लण्डन जान्थिन् ।
त्यसपछि फेरी मनीषाले चाहतका नशा नामक सी ग्रेडको चलचित्रमा अभिनय गरिन् र आर्यन भाइदसँग नजिकिइन् ।
त्यसपछि मनीषा आफू भन्दा धेरै कान्छा प्रशान्त सँग नजिकिइन् तर उनको सम्बन्ध त्यहाँ पनि दिगो हुन सकेन ।
मनीषाको संगीत निर्देशक सन्दीप चोट्वासँग पनि सन् २००७ मा चक्कर चलेको बताइन्छ ।
मनीषा लेखक तथा खेल परामर्शदाता क्रिष्टोफर डोरिससँग पनि लामो समय सम्म रोमान्समा रहेको बताइन्छ । सन् २००९ मा उनीहरुको विवाह पक्का भएको समयमा मनीषाले उनीसँग सम्बन्ध तोडेर सम्राटसँग नजिकि
अनेक सम्बन्धमा आएपनि कुनै पनि नफापेपछि नेपाली जुत्ता ब्यापारीका छोरा सम्राट दाहालसँग उनको सम्बन्ध विवाहमा परिणत भयो ।
एउटा जीवन विसाउने सम्बन्धकोरुपमा छानेका सम्राटसँग पनि मनीषाको सम्बन्ध टिकेन । अहिले उनीहरु सम्बन्ध विच्छेद नगरी छुट्टै बस्दै आएका छन् ।
सम्राटसँग टाढिएपछि मनीषाले अभिनेता जेडी चक्रवर्तीसँग रोमान्स शुरु गरेको समेत चर्चा चलेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment