काठमाडौँ, १ साउन। आज साउन १ गते अर्थात साउने संक्रान्ति। सौर्यमान अनुसार सुर्य दक्षिणायनतिर गई कर्कट रेखा माथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। आजको दिन देशभर साउनेसङ्क्रान्ति अर्थात कर्कट सङ्क्रान्ति पर्व मनाइँदै छ।
असारे हिलोबाट आउनसक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो चाड मनाइँदै आएको धार्मिक विश्वास छ ।
विभिन्न फलफूल चढाएर ‘कण्डारक’ नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिसमेत बाली आ-आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ ।
लुतो फाल्दा घरभित्र दूषित किटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ। भोलिपल्ट खेतबारीमा पसे राँके लाग्छ भन्ने जनविश्वासअनुरूप खेतबारीको काम पनि गरिँदैन। कृषिप्रधान देश नेपालमा असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली इष्टमित्रका साथ रमाइलो गरी भोज खाने प्रचलनरही आएको छ ।
आजैबाट साउनलाई हरियो महिनाका रुपमा समेत मनाउने गरिन्छ। विशेषत्ः हिन्दु धर्मममा विश्वास राख्न महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउन लाई पर्वकै रुपमा मनाउँछन्।

Post a Comment