झापा, १ साउन । झापा जिल्लामा चार लाख ५० हजारले मात्र मतदाता नामावलीका लागि फोटो खिचाएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार नामावली सङ्कलन गर्ने अन्तिम दिन सोमबारसम्ममा जिल्लामा चार लाख ५० हजार व्यक्तिले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम सूचीकृत गरेका छन् । अघिल्लो निर्वाचनमा झापामा ६ लाख ३५ हजार मतदाता थिए ।
झापामा ०६८ को जनगणनाअनुसार आठ लाख १२ हजार ६५० जनसङ्ख्या रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जेठ महिनामा चार लाख ४४ हजारले मतदातामा नाम सूचीकृत गराएका थिए ।
जिल्लामा आइतबार र सोमबार दुईदिनमै करिब १० हजारले आफ्नो नाम थपेका थिए ।

Post a Comment