मेरा बाबुआमाले भने यो समस्याबाट मुक्ति पाउन अत्यन्तै धेरै सहयोग गर्नुभयो । उहा“हरूले कहिलेकाही“ मलाई ‘यो सानो काम हो, तिमी त गर्न सकिहाल्छौ“ नि भनेर हौसला दिनुहुन्थ्यो भने कहिले यति पनि नसक्ने भनेर प्रेसर दिनुहुन्थ्यो । त्यसले मलाई हौसला प्रदान गथ्र्यो । कतिसम्म भने मानिसले मलाई के हुन चाहन्छौ“ भनेर सानोमा सोध्थे, म आफू कलाकार हुन चाहन्छु पनि भन्न सक्दिनथे“, भकभकाउ“थे“ । त्यसपछि उनीहरूको ध्यान अन्तै मोडिइसकेको हुन्थ्यो । त्यसले मलाई मेरो सपना पनि पूरा नहोला कि भन्ने लाग्थ्यो । लामो समय म कलाकारितामा आउन पाउ“दिन“ कि भन्ने डर लागिरह्यो ।तर, मैले हिम्मत भने हारिन“ । बाबुआमाको न्यानो मायाले मलाई आफ्नो प्रयास निरन्तर गर्न मन लाग्यो र अन्ततः सफल भएर केही गर्नेछु, कलाकारितामा जम्नेछु भन्ने सोचिरहे“ । मैले अंग्रेजी सबै अल्फाबेट्स लगातार दोहो¥याइरहे“ । र स्पिच थेरापीको कक्षा पनि लिए“ । मैले यो एक दिन पनि नबिराइ गरे“ । १५ वर्षको भएपछि मैले आफूमा आएको सुधार अनुभव गर्न थाले“ । त्यसपछि ममा झन् आत्मविश्वास बढ्दै गयो । आजभोलि पनि दैनिक सुत्नुअघि एक घन्टा स्पिच थेरापी गर्छु । यसले मेरो आत्मविश्वास बढेको अनुभव हुन्छ ।
मेरी श्रीमती सुजानीसँगको पहिलो भेटमा पनि मेरो भकभकाउने बानीले मलाई धोका दिएको थियो । उनीस“ग होटेलमा गएपछि मैले केही खानेकुरा नै मगाउन सकिन“ । उनैले मगाइन् । उनले मेरा कुरा र समस्या दुवै बुझेको देखेर मेरो मन खुसी भयो । त्यही क्षणमा नै मैले उनलाई माया गर्न थालिसकेको रहेछु ।
तर, सानोको जस्तो लामो समय भने भकभकाउने समस्या ममा रहिरहेन । स्पिच थेरापी र मेरो लगातारको प्रयासले भकभकाउने बानी क्रमशः कम हु“दै गयो र म इच्छाएको क्षेत्रमा लाग्न पाए“ । यसले मलाई आत्मविश्वास बढाउन सहयोग गरेको छ । भकभकाउने बानी नहटेको भए म कहा“ के गरिरहेको हुन्थे“ होला भन्ने सोच्न पनि सक्दिन“ । जे होस्, भकभकाउने बानी हटेकाले म राम्रोस“ग कलाकारितामा लाग्न पाए
Post a Comment