निर्माता छविराज ओझाको क्याम्पमा प्रवेश गरे लगतै मोडल शिल्पा पोख्रेल चर्चामा छिन् । छविले शिल्पालाई लिएर निर्माण गरेको नारीप्रंधान चलचित्र ‘लज्जा’को फष्टलुक सार्वजनिक गरिएको छ । कात्तिक ७ गते देशव्यापी रुपमा प्रदर्शनमा आउने सिनेमाको फष्टलुकमा नायक आर्यन सिग्देल र नव-नायिका शिल्पा पोख्रेललाई देख्न सकिन्छ ।
सिनेमाको फष्टलुकले उक्त चलचित्रप्रतिको आशा र अनुमानमा धेरै फरक पारिदिएको हुन्छ । यसैले पनि आर्यन र शिल्पाको ‘लज्जा’को पहिलो अनुहारले दर्शकमा सिनेमाप्रतिको विचार बनाउने ठाउँ दिएको छ ।
फिल्मी करिअरमा छविले आजसम्म १५ वटा सिनेमा बनाएका छन् । जसमध्ये केही समयअघि चलचित्र ‘यस्तै रहेछ जीन्दगी’बाट उनले ३० लाख घाटा सहेका थिए । हालै मात्र उनले ‘लोफर’ सिनेमाबाट पनि ३० लाख घाटा व्यहोरेको बताएका छन् । जसका कारण पनि छविको ‘लोफर’ घाटा उठाउने जिम्मा शिल्पाको काधमा छ । चलचित्रलाई अहिले रुचाइएका निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् ।
रेखा फिल्मस्को स्वामित्व नायिका रेखा थापालाई दिएपछि छविराज प्रोडक्सनबाट लोफर पछि बनेको लज्जा दोश्रो फिल्म हो ।
Post a Comment