एक नयाँ चलचित्रको शुभसाइतमा पुगेकी नायिका नन्दिता केसी निक्कै आकर्षक देखिइन् । उसो त ड्रेस सेन्समा नन्दिता निक्कै नै अगाडि छिन् । नन्दिताले लगाएको पहिरन देखेर धेरैले आखा तन्काए ।
३० बर्षको छेउछाउसम्म पुग्दा पनि अविवाहित नै रहेकी नायिकाले ३ बर्षपछि घरजमग गर्ने खुलाइन् । उनले लगाएको पहिरनको क्रियशन स्वयंम उनले नै गरेकी हुन् । उनको क्रियशनमा लाइक्रा द फ्याशन बुटिङकी सविना महर्जनले डिजाइन् भरेकी हुन् । शिरदेखि पाउसम्म नन्दिताको पहिरनप्रतिको सजगता देखिन्थ्यो ।
छोटा र भद्दा पहिरन लगाएर कार्यक्रममा हटकेक बन्न चाहनेहरुका लागि नन्दिताले गतिलो उदाहरण प्रस्तुत गरेकी थिइन् । यसैले पनि क्यामेराको अघि नन्दिताको सुन्दरता र पहिरन गज्जबको देखियो ।
नन्दिता पनि अरुले आकर्षक भनिदिएपछि फुरुङ्ग देखिइन् । तपाइलाई उनको यो ड्रेस सेन्स कस्तो देखियो, प्रतिक्रिया दिनुहोला ।
Post a Comment