इजराइलले आइतबार नाजेरियालाइ अपहरणमा परेका २०० भन्दा बढी स्कुले केटिहरुलाइ खोज्न सहयोग गर्ने प्रस्ताब अघि सारेको छ । सैयौको संख्यामा रातको समयमा गत महिना यस अपहरणको कार्य गरेको बोको हरामले विश्वभरबाट निन्दा पाएको छ ।
इजराइलमा प्रधानमन्त्रि बेन्जामिन नेतान्याहूले नाजेरियाका राष्ट्रपति गुडलक् जोनाथनलाइ फोन सम्पर्क गर्दै अपहरणको घटनाले आफुलाइ झट्का लागेको र ति अपहरणमा परेको केटिहरुको खोजिको निम्ति आफुहरु तयार रहेको बताएका थिए । अहिले बेलायत तथा अमेरिकाले खोजि कार्यमा सहयोग गरिरहेको अवस्थामा इजराइलले यस कार्यमा थप कसरि सहयोग गर्छ भन्ने कुराको स्पष्ट जानकारी भने बिज्ञप्तिमा दिइएको छैन ।
यसै बिषयमा बोल्दै इजराइलको परराष्ट्र मन्त्रालयले अहिले कुनै प्रकारको सहकार्यको बारेमा जानकारी नभएको बताएको छ । इजराइलको नाइजेरिया संग प्रतिरक्षाको सम्बन्ध रहेको छ । जुन सम्बन्धको आधारमा इजराइलले नाइजेरियालाइ निरीक्षक द्रोणहरु प्रदान गरेको थियो ।
Post a Comment