तिन हफ्ता अघि नाइजेरियाको बोको हराम इस्लामी समूहले अपहरण गरेको सैयौ संख्याका स्कुले बालिकाहरुलाई बेच्ने धम्की दिएका छन् । लडाकुका नेता अबुबाकर शेकाउले एक भिडियो मार्फत पहिलो पटक आफ्नो समूहले ति बालिकाहरुको अपहरण गरेको जानकारी दिएका छन् ।
जानकारी अनुसार अझै पनि २३० बालिकाहरु हराइरहेका छन् । यी बालिकाहरुलाई अप्रिल १४ को राती बिद्यालयबाट नै अपहरण गरिएको हो । उक्त भिडियोमा उक्त नेताले ति बालिकाहरु बिद्यालयमा नभई विवाह गरिसकेको हुनु पर्ने बताउँछन । साथै भगवानले उनलाई ति युवतीहरुलाई बच्ने विकल्प देखाएको र आफु पनि त्यसै गर्ने बताउँछन् । तर यस समूहले बालिकाको संख्याको बारेमा भने कुनै प्रकारको जानकारी भने दिएका छैन ।
अपहरणमा परेका अधिकांश ति छात्राहरु १६ देखि १८ बर्षको उमेर समूहका भएको र बिद्यालयको अन्तिम बर्षको पढाइ गरिरहेका बताएका छन् । बोको हरामले नाइजेरियामा पश्चिमी शिक्षाको बिरोध गर्दै आएको छ ।-एजेन्सी
Post a Comment