Rajesh hamal with wifeकेही दिनभित्रै बिबाह बन्धनमा बाँधिन लागेका राजेश हमालले आफु असल लोग्ने बन्न कोसिस गर्ने बताएका छन् ।
‘विवाह गरेर घर व्यवहारमा फस्ने इच्छा भने थिएन ।’ हमालले भने–‘ सम्वन्ध गाँसेपछि असल लोग्ने त हुनै पर्यो ।’ निकै स्वतन्त्र भएर हिड्ने आफ्ना लागि पारिवारिक बन्धनमा बाँधिनु चुनौतीपूर्ण भएको बताए । मनकोभन्दा पनि इश्वरको चाहनाकै कारण आफ्नो बिहे भएको भन्दै उनले भने– यसको अर्थ मैले मधुलाई नचाहेको भन्ने चाहिँ हैन् ।’
टीभी कार्यक्रम रजतपटसँग कुरा गर्दै हमालले आफ्नी प्रेमिकाको उमेर पनि खुलाएका छन् । ‘आज बिहान मात्रै पासपोर्ट र नागरिकता हेरेको थिएँ’ हमालले भने– उनको उमेर जम्मा २८ बर्ष रहेछ ।’ मधुलाई आफ्नो उमेर गएजस्तो नलागेकै कारण बिबाह हुन सकेको उनले बताए ।
‘चिनजान भएको ८-९ वर्ष भयो तर, प्रेममा झ्याम्मिएको ३-४ वर्ष भयो ।’ बिबाहका लागि आफु त्यति उत्सुक नभएको खुलाउँदै राजेशले भने–‘विवाहका लागि मधुले जोड गरेकी नै थिइन् । तै पनि मैले २ वर्षजत्ति बिबाह लम्बाएँ ।’
नेपाली चलचित्र क्षेत्रबाट ‘महानायक’को उपाधि पाएका उनले बिबाह तामझामपूर्ण गर्ने पक्षमा छैनन् । ‘हिन्दु धर्मको औपचारिकता मात्र पुरा गर्छु, बिहे काठमाण्डौमै हुन्छ ।’ उनले भने । १० गते बिबाह र १४ गते पार्टी गर्ने उनको योजना छ ।
‘बेहुलीको तयारी धुमधाम छ, मैले खासै तयारी गरेको छैन’ राजेशले भने–‘मैले पण्डितलाई भनिसकेको छु, छोटो गरी बिहे सकाउनुपर्छ, किनकी मैले फिल्ममा धेरै बिहे गरिसकेँ ।’
Post a Comment