बलिउड अभिनेत्री विद्या बालनले सन् २०१२ मा एउटा अन्तर्वार्ताका क्रममा आफ्नो रिलेसनसिपका बारेमा बोलेपछि सबै चित खाए । त्यसबेला उनलाई विभिन्न को-स्टारको नामसँग जोडेर डेटमा रहेको आशंका गरिएको थियो ।
तर उनले सबै अफवाहको खण्डन गर्दै आफू यूटिभी मोसन पिक्चर्सका सिईओ सिद्धार्थ रोय कपुरसँगको अफेयर्सलाई सार्वजनिक गरेको सात महिनापछि विवाह नै गरिन् । तर यतिबेला आएर फेरि अर्को हल्ला चल्यो, दुईबीचको दाम्पत्य जीवन ठीकठाक चलिरहेको छैन ।
शंका गर्नेहरूको तर्क थियो, विद्या हालै सम्पन्न आइफा अवार्डमा सरिक नभई घरमै बस्नु अनि मेल्वर्न फिल्म फेस्टिभलमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रमलाई पनि लत्याएर घरमै सीमित भएपछि घरभित्र केही भएको अड्कलबाजी चलेको हो । फेरि सिद्धार्थको दैनिकी पनि उक्त समय ठीकठाक देखिएको थिएन । उनी भौंतारिएको जस्तो हाउभाउ देखाउनुले शंकाले लंका जलाउन पुगेको थियो । तर विद्याले भने दाम्पत्य जीवनमा समस्या नआएको बताएकी छन् ।
'वैवाहिक सम्बन्धमा समस्या आएको छैन,' विद्याले स्पष्ट पार्दै भनिन्, 'मिडियाले जुन नियम र सिद्धान्त लगाएर त्यस्ता अनुमान लगाए सबै गलत छन् । यस्ता कुराले हामीलाई खासै असर पनि गर्दैन ।' राष्ट्रपति अवार्ड विजयी 'द डर्टी पिक्चर्स' अभिनेत्रीले पछिल्ला दिनमा यस्ता हल्लाको निरन्तर सामना गरिरहनुपरेको छ ।
विवाहका केही महिनादेखि नै उनको शरीरमा विशेष जाँचपड्ताल गरिरहेकाले गर्भवती भएको हल्ला पनि फिजाए । लगातारका फिलम अफरलाई लत्याएर घरमै व्यस्त हुनुमा विद्या गर्भवती भएको ठोकुवा पनि भए । जसलाई स्वयं विद्याले नै अस्वस्थ भएर घरबाट निस्कन नपाएको प्रष्टीकरण दिनुपरेको थियो ।
Post a Comment