बलिउडमा सवैभन्दा सुन्दर नायिकामा पर्छिन् ऐश्वर्या राय । चलचित्र धुम २ का लागि उनले १० किलो बजन घटाएकी थिइन् । तर छोरी अराध्यालाई जन्म दिएपछि भने ऐश्वर्या सिनेमा नगरीबाट टाढा जस्तै देखिइन् । यसको मुख्य कारण उनको तौल थियो । तौल निक्कै बढेपछि ऐश्वर्याले सिनेमा नखेलेको बताइन्छ ।
तर हालै मात्र एक फिल्म फेस्बिटलमा पुगेकी ऐश्वर्याको शरीर देखेर धेरै अचम्ममा परे । उनको शरीरमा पुरै फेरबदल आएको छ । उनी फेरि पूर्णरुपमा फिट देखिएकी छिन् । बलिउडमा नायिकाहरु आफ्नो शरीर बनाउन र मेन्टेन गर्न सधै सजग देखिन्छन् ।
Post a Comment