news and more entertainment

श्रीलंकाले वेष्ट इन्डिजलाई हरायो भारत दबाबमा,

काठमाडौं, २५ असार । वेष्ट इन्डिजमा जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट प्रतियोगितामा आज भारत र श्रीलंका भिड्दै छन् । पोर्ट अफ स्पेनमा खेलिने खेलमा भारत दबाबमा हुनेछ । खेल नेपाली समय अनुसार साँझ सवा ७ बजेपछिबाट सुरु हुनेछ ।

प्रतियोगितामा ३ खेलबाट ९ अंक बटुलेको श्रीलंका फाइनलमा प्रवेश गरिसकेको छ । । समान ३ खेल नै खेलेको भारत ५ अंकसहित अन्तिम स्थानमा छ । दोस्रो स्थानमा रहेको वेष्ट इन्डिजको ४ खेलबाट ९ अंक छ ।

आजको खेल हारेको अवस्थामा भारत प्रतियोगिताबाट बाहिरिने छ  भने वेष्ट इन्डिजले फाइनलमा स्थान बनाउने छ । सानो अन्तरको जीतले पनि भारतको मुस्किल टर्ने छैन ।



यसअघि सोमबार राति भएको खेलमा श्रीलंका विजयी भएको छ । वर्षाले प्रभावित भएपद्धि ४१ ओभरमा झारिएको खेलमा श्रीलंका ३९ रनले विजयी भएको हो । वेष्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले कुमार संगाकाराको अविजित ९० रनको पारीको मद्दतमा ४१ ओभरमा ८ विकेट गुमाउँदै २ सय १९ रनको उच्च योगफल तयार पारेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज ४१ ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमै समेटिएपछि श्रीलंका लकवर्थ लेविस नियमका आधारमा विजयी भयो । वेष्ट इन्डिजका डारेन ब्राभोले ७० तथा लेन्डी सेमोसले ६७ रनको पारी खेलेपनि त्यो खेल जित्नका लागि पर्याप्त भएन ।

वेष्ट इन्डिजको ब्याटिङ लाइनलाई ध्वस्त पार्ने क्रममा एन्जेलो म्याथ्युजले ४ तथा सामिन्द इरंगाले ३ विकेट हात पारे । पराजित वेष्ट इन्डिजका लागि केमर रोचले पनि ४ विकेट लिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget