एजेन्सी । हरेक दिन साँझ ढलेपछि नदेरल्यान्डस्को राजधानी एम्स्टर्डमको अर्काे रूप देखिन्छ । यहाको ‘देवाल्ले’ नामको एउटा कुना रातो प्रकाशमय हुन्छ । यो क्षेत्र एम्स्टर्डमको सबैभन्दा पुरानो र परिचित रेड लाइट एरिया हो ।
यहाँ सयभन्दा बढी वेश्यालय छन् । हरेक रात ढोकामा उभिएका युवतीहरू तरहतरहले आफ्ना ग्राहकलाई आकर्षित गर्छन् । एम्स्टर्डम नगरपालिकाले यहाँको वेश्यावृत्तिलाई निकै सहयोग गर्ने गर्छ । यही स्थानमा एम्स्टर्डमको पहिलो वेश्यालय संग्रहालय पनि निर्माण भएको छ जसका नाम ‘रेड लाइट सेक्क्रेटस्’ राखिएको छ ।
यो संग्रहायले शताब्दीयौंदेखि चलिरहेको देह व्यापारको कथा बताउँछ । अहिले एम्स्टर्डममा मात्रै सात हजारभन्दा बढी यानैकर्मी छन् । यहाकाँ ७५ प्रतिशत यानैकर्मी युरोपका गरिब मुलुकबाट पैसा कमाउन आउँछन् ।
सरकारले उनीहरूको विशेष ख्याल राख्छ । उनीहरूलाई स्वास्थ्य सुविधा पनि उपलब्ध गराउँछ । पहिले यहाँ वेश्यावृत्तिको न्यनूतम उमेर हद १८ वर्ष थियो । जुन अहिले २१ वर्ष बनाइएको छ । यो संग्रहालयमा वेश्यालयभित्र हुने चिजका नमुनाहरू राखिएका छन्, खाट, तकिया, कस्मेटिक सामान आदि ।
सामान्यतया यौनकर्मीहरू काँच पछाडि बसेर आफ्ना ग्राहकलाई लोभ्याउँछन् । सिसावरिपरि रातो प्रकाश लगाइएको हुन्छ, जसबाट यो रेडलाइट एरिया भएको थाहा हुन्छ । ग्राहकलाई केटी मन परयो भने ढोका ढक्ढक्याएर भित्र आउने अनमुति माग्छ ।
सगंह्रालयको एउटा भित्तामा मानिसहरूले आफ्नो ‘यौन जीवन’को राज बयान गरेका छन् । उनीहरूले अंग्रेजी, स्पेनिस, ल्याटिन र हिन्दी भाषामा आफ्नो गोप्य कथा लेखेका छन् । एम्स्टर्डमको यो रेड लाइट एरिया बिहान ६ देखि ८ बजेसम्म बन्द रहन्छ र बाँकी २२ घन्टा खुल्ला हुन्छ ।
सामान्यतया यहाँ एक यानैकर्मीसगँ समय बिताउन एक सय ५० युरोे अथवा करिब २० हजार खर्च गर्नुपर्ने हुन्छ । राजधानी दैनिकमा खबर छ ।
Post a Comment