news and more entertainment

नेपालीलाई क्यानडा जान सजिलो बनाइदै

एजेन्सी । क्यानडा सरकारको ‘एक्सप्रेस इन्ट्री’ प्रणाली अन्र्तगत अब जुनसुकै व्यवसायमा काम गरेको र कुनैपनि विषयमा अध्ययन गरेका व्यक्तिले पनि आवेदन गर्न पाउने भएका छन् ।

आगामी सन् २०१५ जनवरी देखि प्रारम्भ हुने यो प्रणालीमा आवेदकहरुको संख्याको कुनै सिमा नरहने पनि जनाइएको छ । हाल क्यानडा सरकारले फेडेरल स्किल्ड वर्कर प्रणालीमा ५० वटा व्यवसायमा २५ हजारको मात्रै आवेदन लिदै आएको छ ।canada-

क्यानडाको अध्यागमन विभागका अनुसार इच्छुक व्यक्तिले इन्टरनेटमार्फत आफ्नो व्यक्तिगत विवरण भरेर क्यानडामा बसोबास गर्न चाहेको इच्छा जाहेर गर्न सकिनेछ ।

उक्त विवरण हेरेर उमेर, शैक्षिक योग्यता, कामको अनुभव, भाषाको ज्ञान, आदिको स्तर हेरेर क्यानडाको लागि दक्ष मानिएका उसको विवरण प्रकाशित गरिने र त्यहाँका कम्पनीहरुले आफ्नो आवश्यकता बमोजिम छनोट गर्न सक्नेछन् ।

छनोटमा परेमा ती व्यक्तिहरुलाई क्यानडाको अध्यागमन विभागले क्यानडाको स्थायी भिसा आवेदन गर्नका लागि आमन्त्रण गर्ने र त्यसको दुई महिनाभित्र आवेदन गर्नुपर्ने र त्यसको ६ महिनाभित्र भिसा पाउन सकिने जनाइएको छ ।

सन् २०१४ सम्म अहिलेकै व्यवस्था अनुसार र त्यसपछि नयाँ व्यवस्थाअनुसार आवेदन लिइने क्यानडेली सरकारले जनाएको छ । हाल क्यानडामा करिब २० हजार नेपालीहरु स्थायी बसोवास गरिरहेको अनुमान छ ।

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

please can you send me a link where we send our document
please !!

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget