news and more entertainment

अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टी संगै किशोरीद्वारा आत्महत्य

 फिल्मीबजार,२०७१ साउन २८ बुधबार,काभ्रे ।
काभ्रेको महेन्द्रज्योति बाँस्डोल गाविस ५ की १५ वर्षीय रोनियाँ कुँवरले नायक श्रीकृष्ण श्रेष्ठको निधनको खबर आइरहेका बेला टेलिभिजन हेर्ने विषयमा भएको विवादले लिएर घरकै भर्‍याङमा आफ्नै सलको पासो लगाएर आत्माहत्या गरेकी छन् । उनले पूर्णिमाको दिन राति १० बजे आत्माहत्या गरेकी हुन् । यो समयमा अभिनेता श्रीकृष्णको सव पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो । इलाका प्रहरी कार्यलय बनेपाका अनुसार बाबु राजन नेपालि सेनाका भर्खरै अवकाशप्राप्त क्लर्क हुन् । एक छोरा र एक छोरी रहेका कुँवरले सन्तानको खुसीलाई कहिल्यै नकारेनन् । रोनियाले श्रीकृष्णको दुखद निधनकै कारण आत्महत्या गरेको हुन सक्ने देखिन्छ । सोही दिन विहान छोरीलाई भक्तपुरमा रहेको डोलेश्वर महादेव मन्दिरको दर्शन गराएर सिपाडोलस्थित मामाघरमा खाना खुवाउन लगेका थिए । मामाघरबाट साँझ फर्किएका उनीहरुले बेलुकी खान बोलाउदा आइनन् । टीभीमा सिरियल आइरहेको थियो । नेपाली च्यानलमा नायक श्रीकृष्ण श्रेष्ठको मृत्युको खबरले प्रधानता पाएको थियो । आमाले त्यही समाचार लाउ भन्दै थिइन् । रोनियाँले रिमोट लुकाइन् । खान बोलाउदा कोठाबाटै बाहिर आउन मानिनन् । खाना खाइसकेर सबैले बोलाउदा पनि टेरिनन् । टीभी हेर्न पनि दिइनन् । श्रीकृष्णको समाचार हेर्न भन्दै उनलाई एक्लै छोडेर छिमेकीको घरतिर निस्कियो । यता रोनियाले आफूबसेको कोठाको ढोकामा चुकल लगाएर सलले पासो लगाएकी थिइन् । घमण्डी स्वभावकी रोनिया धेरैबेर बाहिर ननिस्किएपछि बोलाउन आएका बाबुले थाहा पाउँदा छोरी कोठाबाट निस्किएर माथिल्लो भर्‍याङमा झुण्डिसकेकी थिइन् । उनी जनागालस्थित नाइटिङगेल स्कुलमा कक्षा ९ मा अध्ययन गर्दै थिइन् । आजको जनआस्था साप्ताहिकमा समाचार प्रकाशित छ



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget