हरेक स्वस्थ प्रौढ व्यक्तिमा सम्भोगको चाहना हुनु स्वभाविकै हो । यौन चाहना व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यको परिचायक पनि हो । धेरैको बुझाइ हुन्छ पुरुषहरु महिलाभन्दा सम्भोगको मामिलामा बढि उत्सुक तथा सक्रिय हुन्छन् र सम्भोग भनेपछि जस्तोसुकै कुरा समेत त्यागेर हाम फालिहाल्छन् । तर यो सत्य होइन । विभिन्न कारणले पुरुषहरुमा यौन चाहना क्षीण हुन सक्छ र पार्टनरसँगको सहवासमा पुरुषको रुची घट्दछ । पुरुषले यौन सम्पर्कमा रुची नराख्नु वा नो भन्नुका विभिन्न कारण हुनसक्छन् ती मध्ये केही कारण यस्ता छन्-
१. ऊ तपाइँ नभएर अरु कसैको यादमा भुलिरहेकेा हुनसक्छ । कतिपय अवस्थामा त्यस्तो बेवास्ताको परिणाम गम्भीर बन्नसक्छ ।
२.सुरु सुरुको यौन सम्बन्धका बेला हुने असहजताका कारण उसले त्यसलाई अभिमूखीकरण प्रयोगका रुपमा लिएको हुन्छ र आफ्नो प्रयोगलाई न्याय दिनका लागि तपाइँलाई नो भनिदिन्छ ।
३. कतिपय अवस्थामा पुरुषले महिलाको सक्रियता तथा यौन इच्छा जाँच गर्नका लागि समेत सम्भोगको मामिलामा आफु अघि सर्दैनन् र अझ अनिच्छा नै देखाइदिन्छन् । पार्टनरले भन्दैमा सेक्सका लागि तयार भैनहाल्ने र नाइनास्ती गरेको स्वाङ पार्ने बानी पनि कोहीकोहीमा हुन्छ ।
४. सहवासमा पुरुषलाई सन्तुष्टि दिलाउन महिला पार्टनर असफल भए भने पुरुषमा त्यस्तो संसर्गप्रति रुचि घट्छ । महिला आफ्नै स्वार्थ अर्थात् सन्तुष्टीका लागि सम्भोगका लागि अघि सर्छन् भन्ने धारणाका कारण पुरुषहरुले सेक्सका लागि नाइनास्ती गर्छन् । यस्तो अवस्थामा सम्भोगमा द्विपक्षीय छलफल, सक्रियता तथा बुझाइ हुनु आवश्यक पर्छ । सम्भोगमा आफ्नोमात्र सन्तुष्टिलाई प्राथमिकता दिँदा र अर्काको भावनालाई बेवास्ता गर्दा यौन जिवनमा फाटो पैदा हुने खतरा हुन्छ ।
५. कहिलेकाही पुरुषले आफैमा आनन्द लिइरहेको हुन्छ र आनन्द प्राप्तिको लागि अरु कसैको सामिप्यता तथा सहवास आवश्यक पर्दैन । बढि खुसी तथा आनन्दको क्षणमा समेत पुरुषले सेक्स गर्न रुचि नदेखाउन सक्छ ।
६. वैज्ञानिकहरुका लागि ल्यापटप, स्मार्टफोन तथा आइफोन जस्ता ग्याजेटबाट आउने विकिरणले पुरुषको यौन क्षमतामा ह्रास पूराउँछ । त्यसैले बढि मोबाइल खेलाइरहने वा ल्यापटप चलाइरहने कारणले पनि पुरुषमा सहवासको रुचि घट्न सक्छ ।
७. पुरुष पार्टनरबाट सधै ठूलो कुराको अपेक्षा राख्ने सधै सरप्राइज खोजिरहने तथा सन्तुष्टि जाहेर नगर्ने महिलाको बानीका कारण समेत पुरुषमा हिनताबोध भई यौनप्रतिको रुचि घट्छ ।
- एजेन्सीहरुको सहयोगमा
Post a Comment