news and more entertainment

श्रीकृष्णको अन्त्यष्टि, भावविह्वल स्वेता । फोटो फिचर ।(भिडियो)

दिल्लीमा निधन भएका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको सोमबार राती पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । सोमबार राती करिब ९ बजे उनको सरकारी सम्मानका साथ अन्तेष्टि गरिएको हो । उनलाई जेठा दाजु रामकृष्ण श्रेष्ठले दागबत्ती दिएका थिए । बुझिएअनुसार रामकृष्ण नै उनको किरीया बस्नेछन । IMGL4575पशुपति आर्यघाटमा श्रीकृष्णको पार्थिव शरीरमा सरकारका तर्फबाट उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह तथा सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाएर सम्मान दिएका थिए । यस्तै नेपाल प्रहरीले पनि सम्मानस्वरुप सलामी दिएको थियो । उनको अन्तिम बिदाईका लागि पशुपति क्षेत्रमा हजारौं समर्थकहरु उपस्थित थिए । यसैबीच श्रीकृष्णको निधन प्रति प्रधानमन्त्री शुशील कोइराला, पुर्वराजा ज्ञानेन्द्र शाह, नेता रामचन्द्र पौडेल लगायतले शोक ब्यक्त गरेका छन ।shreekrishna-dead-body-at-ktm-2श्रीकृष्णको शवलाई सोमबार नै शबलाई दिल्लीबाट नेपाल ल्याइएको थियो । सोमबार दिउसो करिब ३ बजे त्रिभुवन विमानस्थल आइपुगेको शव बृहत शवयात्रासहित प्रज्ञा प्रतिष्ठान लगिएको थियो । प्रशंसक र शुभचिन्तकको अनियन्त्रित भीड बढेपछि उनको शवलाई प्रतिष्ठानमा नराखी सीधै आर्यघाट लगिएको थियो ।shweta khadka-inआर्यघाटमा उनलाई अन्तिम श्रद्धान्जली दिनका लागि नेपाली चलचित्र क्षेत्रका कलाकारलगायतहरु तथा विभिन्न राजनीतिक दलका नेताहरु तथा सरकारका मन्त्रीहरुको उपस्थति रहेको थियो । अन्तिम श्रद्धान्जली दिनेमा एमाओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री बामदेव गौतम, कानुनमन्त्री नरहरी आचार्य, लगायत उपस्थित थिए । त्यस्तै नेपली फिल्म उद्योगका अधिकांश फिल्मकर्मीहरु पनि श्रद्धाञ्जलीका लागी उपस्थित थिए । महानायक राजेश हमाल, शिव श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषल, राजकुमार राई, झरना थापा लगायत कयौ कलाकार तथा फिल्मकर्मीले श्रद्धादाञ्जली अर्पण गरे ।
श्रीका गत आइबार बोन क्यान्सरका कारण दिल्लीमा उपचरको क्रममा निधन भएको हो । उनी एक महिना अघि मात्र विवाह गररेर हनिमुनको लागी भन्दै भारत गएपनि उपचारमा ब्यस्त भएका थिए ।IMGL4758sweta7

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget