news and more entertainment

६० वषिया बृद्धाको हत्या गरी वलात्कार

प्रेम सुनार/साउन-२७,गुल्मी ।
गुल्मीको हर्मिचौरमा एक ४० वर्षका पुरुषले जन्मजात वोल्न नसक्ने ६० वर्षिया बृद्धाको हत्या पछि बलात्कार गरेको खुलासा भएको छ । ठुलोलुम्पेक गाविस वडा नम्वर १ घरभई अर्वेनी २ मा अस्थाई वसोवास गर्दै आएको ४० वर्षिय देबहादुर थापाले हर्मिचौर गाविस वडा नम्वर ३, तल्लापोखरा निवासी ६० वर्षिया बृद्धा देउरुपा सापकोटाको हत्या पछि वलात्कार गरेको खुलासा भएको हो । हत्या गरी फरार निजलाई साउन २५ गते ठुलोलुम्पेक स्थीत जेठानको घरमा लुकेर वसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताए ।
‘ उक्त दिन विहान करिव ९ वजेको समयमा उनि घरमा एक्लै थिईन् पहिला चिया पकाउन लगाएँ, लगतै बलत्कारको प्रयास गरे उनी चिच्चाउन थालिन मानिन् , अनि मेरो मनमा खै आयो र कोदालेले तिन पटक टाउकोमा हानेर ढलाएँ त्यस पछि वलत्कार गरेको हुँ’ –निजले यस्तो कुरा वयानमा भनेको प्रहरी प्रमुख लम्सालले बताए ।
उनको हत्याको अर्को दिन साउन २३ गते अर्वेनी २ को गलवेसीमा एक विश्वकर्मा परिवारको घरबाट एक वोरा चामल र चारवटा भाले चोरेको कुरा आए पछि निजलाई प्रहरीले पछ्याएको थियो ।
‘उक्त दिन विहान बृद्धाका श्रीमान लक्ष्मीपति सापकोटा वेसी गएको मौकामा वोल्न नसक्ने बृद्धा देउरुपालाई निजले सुरुमा आई चिया पकाउन लगाएको र पछि नाकको फुली खोस्दै नाङ्गै पारेर बलत्कार गर्न खोज्दा उनि चिच्चाए पछि निजले नजिकै रहेको कोदालोको पासोले टाउकोमा तिन पटक प्रहार गरी मारेको स्वीकार गरेका छन् ।’ – लम्सालले भने । ‘निजले छिमेकी जिल्ला स्याङ्गजामा पनि केहि अपराधीक कृयाकलाव गरेको बुझीन भएको छ ’––लम्सालले भने–‘त्यहाँको प्रहरीलाई पत्रचार गरेर उसका अन्य अपराधका घटना पनि खोजिने छ । ’
मृतकको परीवार निकै गरीव भएकोले सदरमुकाम सम्म आउने खर्च समेत नभएपछि गाउँलेले सहयोग गरेको स्थानीय चतुर्भुज पाण्डेले बताए । उहाँका अनुसार ७९ वर्षिया श्रीमान लक्ष्मीपति सापकोटा गाउँमा मेलापात गर्ने र एक छोरा काठमाण्डौमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् । प्रहरी प्रमुख लम्सालका अनुसार निजले पहिल्लै देखि महिलाहरुलाई एक्लै देख्यो कि समात्ने गर्दथे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget