news and more entertainment

शनिबार ‘कोहिनुर’को कलेक्सन एक करोड । देशैभर हाउसफूल

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’ले दोस्रो हप्तामा झनै अक्रामक ब्यापार गरेको छ । आज शनिबार मात्रै चलचित्र ‘कोहिनुर’ले काठमाडौंमा मात्रै ५७ लाखको हाराहारी र काठमाडौं बाहिर ४४ लाखको हाराहारीमा चलचित्रले कलेक्सन गरेको चलचित्रका काठमाडौं वितरक सुनिल मान्धरले नमस्ते फिल्मी लाई जानकारी गराउनु भयो ।आज मात्रै चलचित्रले नेपाल भरि एक करोडको ब्यापार गरेको छ ।
kohinoor-darshakगत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र “कोहिनुर’ले नेपाली चलचित्रको इतिहासमा सम्पूर्ण रेकर्ड आफ्नो नाममा गरौना सफल भएको छ । यो नै नेपाली फिल्ममा एक दिनमा गरेको सर्बाधिक कलेक्सन हो ।शुक्रबारदेखि प्रदर्शनमा आएको प्रतिक्षित हिन्दी फिल्म ‘सिंघम रिटर्न्स’लाईसमेत रिप्लेस गर्दै कोहिनुरले दर्शकको मन जितेको हो । प्राप्त रिपोर्टअनुसार देशका विभिन्न मुख्य शहरहरुमा ‘कोहिनुर’ले ‘सिंघम रिटर्न्स’लाई रिप्लेस गरेको हो । हेटौडाको ओम्याक्स मा शुक्रबार हिन्दी फिल्म लगाइएको थियो भने शनिबार नै कोहिनुर लगाइयो ।त्यस्तै राजधानीको विभिन्न मल्टिप्लेक्स हलहरुमा पनि हिन्दी फिल्म नलगाई कोहिनुर प्रदर्शन गरिएको छ ।आईतबार पनि सार्वजनिक बिदाको दिन परेको हुनेले चलचित्र भोलि पनि चलचित्रको राम्रो कलेक्सन हुने देखिएको मात्रै छैनकि अर्को हप्ता चल्ने नेपाली चलचित्रलाई समेत ठुलै असर गर्ने देखिन्छ ।
kohinoor-darshak1दर्शकहरुको मागलाई मध्यनजर गर्दै हिन्दी फिल्म उतारेको हलवालाहरुको भनाई छ ।त्यस्तै मोफसलका सिगंल स्कृनहरु पुर्णरुपमा हाउसफुल छ । पोखरा, बुट्वल, नारायणगढ, हेटौडा, धरान लगायतका स्थानमा कोहिनुर हेर्नेको भीड हलले थेगिनसक्नु छ । यता नारायगढको इन्द्रदेव चलचित्र मन्दिरमा फिल्म हेर्न पुगेका दर्शकहरु टिकट र सीटको अभावमा फर्किएको बताइएको छ । कतिपय दर्शकहरु बिहानको शोमा टिकट नापएपछि दोस्रो शो हेर्न लाइनमा बसिरहेकोसमेत भेटिएका छन । त्यस्तै उपत्यका का हलहरुमा टिकट नपाएर ब्ल्याकमा समेत टिकट बिक्रि भइरहेको पाइएको छ । यसरी कोहिनुर हेर्न बालबालिकादेखि बृद्धासम्म टाढा टाढाबाट आइरहेको हलवालाहरु बताउछन ।
kohinoor-darshak2दोस्रो हप्ताको शनिबारसम्म फिल्मले करिब ३ करोडको माथिको ब्यापार गरिसकेको छ । योसँगै फिल्मले नेपाली फिल्म इतिहासमा हालसम्म रहेका सबै सफलताका रेकर्डहरु तोडेको छ । फिल्मलाई उपत्यका बितरणको जिम्मा लिएका सुनिल मानन्धरले आफ्नो १५ बर्षे अनुभवमा यस्तो पहिलोपटक भएको बताए । दिवंगत अभिनेता श्रीकृष्णलाई सम्मानस्वरुप हलमा ओइरिएको दर्शक देख्दा सबै फिल्मकर्मीसमेत चकित परिरहेका छन ।स्मरण रहोस फिल्मका मुख्य नायक श्रीकृष्ण श्रेष्ठको गत आइतबार दिल्लीमा निधन भएको थियो । उनीबाहेक फिल्ममा स्वेता खड्का, मिथिला शर्मा, सम्राट सापकोटा लगायतको अभिनय छ । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget