news and more entertainment

पृथ्वीतर्फ बढ्दै गरेको क्षुद्रग्रहले मानव जीवनलाई सखाप पार्ने खतरा

काठमाडौं, साउन ३१ – पृथ्वीमा ठोक्किने गरी एउटा ठूलो क्षुद्रग्रह (एस्टरोइड) ३३ हजार ८ सय माइल प्रतिघण्टाको रफ्तारले अघि बढ्दै छ । यदी त्यो क्षुद्रग्रह पृथ्वीमा ठोकिने हो भने पृथ्वी नै ध्वस्त हुने वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार करिब ४४ हजार ८०० मेगाटन विस्फोटक पदार्थको क्षमता भएको उक्त क्षुद्रग्रह सन् २८८० को मार्च १६ का दिन पृथ्वीसँग ठोक्किने छ । यदी यसलाई आकाशमा नै ध्वस्त गरिने हो भने यसको असर निकै भयानक हुने उनीहरुको भनाई छ ।

हुनतः यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना १÷३०० मात्र छ, तर यो वैज्ञानिकहरुलाई चिन्तित तुल्याउनका लागि काफी छ । यदी यो पृथ्वीसँग ठोकिने हो भने यसले ठूलो सुनामी, भुईचालो ल्याउनेछ र यहाँको जलवायुलाई नै परिवर्तन गरिदिने छ । यसले गर्दा पृथ्वीबाट मानव जीवननै सखाप हुने कुरा वैज्ञानिकहरुले बताएका छन् । टेनिसी विश्वविद्यालयले उक्त क्षुद्र ग्रहको नाम १९५० डीए दिएका छन् र यस विषयमा अध्ययन गरिरहेका छन् । स्रोतः मिरर अनलाइन भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget