news and more entertainment

पारसलाई आफ्नै प्रेमिकाले फसाएको खुलासा

काठमाडौं,असोज २७ – पूर्वयुवराज पारस शाह पक्राउको घटनामा उनकी थाई प्रेमिका कनिका चान्साईको भूमिका शंकास्पद देखिएको छ । आर्थिक लाभ लिने उद्देश्यले उनले पारसलाई योजनावद्ध रुपमा फसाएको अनुमान गरिएको छ ।
थाइल्यान्डमा रहेका पारसका नेपाली साथीहरुका अनुसार पारसलाई पक्राउ गर्ने प्रहरी र कनिकाबीच चिनजान रहेको खुलेको छ । नोङ खाई पई प्रान्तस्थित कनिकाको घरनजिकैको गाउँबाट पारस बुधबार पक्राउ परेका थिए । ‘होटलबाट पारस घुम्न निस्किएपछि कनिकाकै सूचनाको आधारमा प्रहरीले पक्राउ गरेकोमा दुईमत छैन,’ पारसलाई सहयोग गर्दै आएका बैंककस्थित एक नेपाली भन्छन्,‘अरुबाट प्रहरीले सुराकी पाउने कुनै सम्भावना नै छैन । ’ चेकिङका क्रममा नभई सुराकीका आधारमा पछ्याएर पारसलाई स्थानीय प्रहरीले पक्राउ गरेको उनको दावी छ । नयाँ पत्रिका दैनिकले आज प्रमुखताको साथ यो खबर छापेको छ । आर्थिक लाभ लिने उद्देश्यले कनिकाले पारसलाई फसाएको हुनसक्ने पारसका साथीहरुको भनाइ छ । पक्राउ परेपछि छुटाउनका लागि मोटो रकम खर्च गराउने रणनीतिका साथ कनिकाले घरनजिकैको प्रहरीलाई खबर गरेको उनीहरुको दाबी छ । कनिकाको पछिल्लो गतिविधिले पनि उनीहरुको दावीलाई पुष्टि गर्छ । स्रोतका अनुसार अहिले कनिकाले नै प्रहरी र पारसबीच मध्यस्थता गरिरहेकी छन् । धरौटीमा छुटाउनका लागि प्रहरीले करिव सात लाख भाट –नेपाली २० लाख रुपैयाँ) घुस मागेको उनले पारसका साथीहरुलाई बताएकी छन् । थाई प्रहरी विश्वमै भ्रष्ट प्रहरीको सूचीमा पर्छ । source: setopati
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget