news and more entertainment

टुँडिखेलबाट नेपाली झण्डामा विश्व रेकर्ड

७ भदौं, काठमाडौं । 
काठमाडौंको टुँडिखेलमा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्न आज हजारौं मानिसको सहभागितामा नेपालको राष्ट्रिय झण्डाको प्रदर्शनी गरिएको छ । शान्ति र समृद्धिका लागि मानवीय मूल्य भन्ने संस्थाको सहयोगमा स्कुल तथा कलेजका युवा स्वयंसेवीका रुपमा मानव झण्डा निर्माणमा सहभागी थिए । ३५ हजार १६  मानिसले नेपालको झण्डाको आकृति बनाएको आयोजकले जनाएको छ ।

नेपाली राष्ट्रिय झण्डाको लम्वाई १ सय ६० मिटर र चौडाइ १ सय २६ मिटरको बनाइएको थियो । स्कूल–कलेजका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा उनीहरुले नेपाली झण्डाको रंग अनुसारको प्लेकार्ड १० मिनेट उचालेका थिए । रातो, निलो र सेतो रंगका साना साना प्लेकार्ड उचालेर नेपाली झण्डा बनाइएको हो ।
सो प्रदर्शनीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिले अवलोकन र मापन गरेको आयोजक संस्थाले जनाएको छ । विश्व रेकर्डमा पाकिस्तानमा २९ हजार ९ सय ५७ पाकिस्तानीहरुले मानव झण्डा बनाइ सकेका छन् । त्यो रेकर्ड नेपालबाट तोड्न टुँडिखेलमा प्रदर्शनी गरिएको हो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget