अमेरिकाको न्युर्योक डिस्टिक्ट अदालतले मंगलबार राष्ट्र बैंकको पक्षमा फैसला गरेको हो ।नेपालमा सम्पत्ति सुद्धिकरण सम्बन्धमा चलिरहेको उक्त मुद्दामा न्युर्योकस्थित स्ट्यान्डड चार्टर्ड बैंकले आफ्नो खाताबाट १० लाख डलर भुक्तानी गरिएको भन्दै राष्ट्र बैंकले मुद्दा हालेको थियो ।‘अमेरिकी अदालतले हाम्रै पक्षमा फैसला गरिदिएको छ,’राष्ट्र बैंकका सहायक निर्देशक हरि नेपालले बुधबार भने,‘विना जानकारी हाम्रो खाताबाट भुक्तानी गरिएको १० लाख डलर पुनः हाम्रै खातामा आएको छ ।’
उनका अनुसार करिव ५ वर्ष अघि पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिक लि उले ललितपुर भैसेपाटीस्थित एनबी बैंकको शाखामा खाता खोलेका थिए । त्यही खातामा अमेरिकाको चेज बैंकबाट उनको नाममा १० लाख डलर जम्मा भएको थियो ।
‘त्यतिबेला एनबिको व्यवस्थापन राष्ट्र बैंकले हेरिरहेको थियो,’ नेपालले भने,‘नेपालमा कुनै पनि व्यवसाय नगरेका चिनियाँको नाममा ठुलो परिमाणको अमेरिकी डलर जम्मा भएपछि शंका उत्पन्न भयो। त्यसबेला प्रहरीको ‘सुडान घोटाला’ को कमिसन भन्ने पनि हाम्रो शंका थियो ।’
Post a Comment