news and more entertainment

अल जजिराका तीन पत्रकारलाई दश वर्षको जेल सजाय

कायरो, असार ९ – इजिप्टको एक अदालतले आइतबार अल जजिरा टेलिभिजनका तीन पत्रकारलाई सातदेखि दश बर्षको जेल सजाय सुनाएको छ ।
सो सजाय सुनाइएका पत्रकारहरुमा एक अस्ट्रेलियाली पत्रकार पेटेर गे्रस्टेसमेत रहेका बताइएको छ ।
ग्रेस्टे र इजिप्टका मोहमेद फाडेल फामीलाई सात बर्षको जेल सजाय सुनाइएको छ । त्यसैगरी अल जजिराका निर्माता बहेर मोहमेदलाई सात बर्ष र तीन बर्ष गरी दुई चरणको सजाय सुनाइएको छ ।
ती सबै माथि अदालतले मुस्लिम बद्ररहुडको कालो सुचीमा परेका सदस्यको आरोप लागाइएको जनाइएको छ । इजिप्टमा सन् २०१३ को जुलाईमा इस्लामिस्ट राष्ट्रपति मोहमद मोर्सीलाई अपदस्थ गरिएपछि उनका समर्थकमाथि भिषण दमन गरिएको छ ।
मोर्सी अपदस्थ भएदेखि हालसम्म सैनिक दमनका मुुुस्लिम बद्ररहुडका एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य हजारौं पक्राउ परेका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget