news and more entertainment

पूर्वयुवराज पारस शाहले तिरे ६५ हजार भाट जरिवाना, अदालतले थाइल्याण्ड बस्न नदिने

नेपालमा बस्दा डाङडुङ गर्ने बानी परेका पूर्वयुवराज पारस शाहले थाइल्यान्डको एक होटलमा झगडा गरेर ६५ हजार भाट जरिवाना तिरेका छन्। लागूऔषध प्रयोग गरेको विषयमा अदालतमा परेको मुद्दा किनारा लागेका दिन यही असार २६ गते थाइल्यान्डको सुकुमितस्थित डेविस होटलमा प्रेमिका कन्निकाका साथीसँग झगडा गरी होटल तोडफोड गर्दा पूर्वयुवराज पारसले उक्त रकम जरिवाना तिरेका हुन्।

होटलमा केही नेपालीसहित पार्टीमा सहभागी भइरहेको बेला कन्निकाले आफ्ना केही साथीलाई समेत सहभागी गराएपछि भनाभन भएको थियो। भनाभनका क्रममा पारसले कन्निकाकी साथीलाई हात हालेर होटलसमेत तोडफोड गरी ६५ हजार भाट जरिवाना तिरेको थाइल्यान्डस्थित स्रोतले जनाएको छ। आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ।

लागूऔषध मुद्दा खेपिरहेका पूर्वयुवराज पारस चार महिनाअघि अदातलले बोलाउँदा समेत उपस्थित नभए पनि पछि मात्रै अदालतको आदेश पालना गर्दै यही २६ गते फुकेट अदालत पुगेका थिए। थाइल्यान्डका वकिल साक्थाइले पारसको मुद्दा हेर्दै आएका छन्। वकिल साक्थाइ र नेपाली सहयोगीका साथ लागूऔषधको मुद्दाको विषयमा फुकेट अदालतमा बयान दिनुभएको थियो। अदालतले सफाइ दिए पनि उनको भिसा नथप्ने भएको छ। स्टुडेन्ट भिसामा थाइल्यान्ड बसिरहेका पूर्वयुवराज पारस होटलमा झगडा परेपछि २७ गते च्याङमाइ पुगेर पुनः फुकेट आएका हुन्। ‘प्रेमिकासँग झगडा भए पनि अहिले पनि दुवै जना सँगै बसिरहेका छन्’ –स्रोतले भन्यो।

‘थाई सरकारले भिसा थप नगर्ने जनाएपछि उहाँको नेपाल फर्कनुको विकल्प छैन, कि त अर्कै देश जानुपर्यो। हैन भने नेपाल फर्कनुको विकल्प छैन’–एक नेपालीले भने। स्रोतका अनुसार उनको भिसा अगस्ट ६ तारिख अर्थात् साउन २१ गतेसम्मका लागि मात्रै छ। ‘भिसा नथपिने भएपछि उनी नेपाल फर्कने तयारी गरेका छन्’ –पारिवारिक स्रोतले भन्यो। पारसलाई लिन उनी साथी राजीवराजेश सिंह साउन पहिलो साता थाइल्यान्ड गएका हुन्। पारस नेपाल रहँदा पनि सँगै हिँडडुल गर्दै आएका सिंह पारसको अवस्थाबारे जानकारी लिन पटकपटक थाइल्यान्डमा जाने गरेका थिए।

च्याङमाइ सुधारगृह छाडेपछि पूर्वराजा ज्ञानेन्द्रको पूर्ण खर्चमा थाइल्यान्डको पाँचतारे होटलमा बस्दै आएका पूर्वयुवराज साउनको दोस्रो साता नेपाल फर्कने तयारी गरेका छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget