news and more entertainment

मसिंर ४ गते निर्वाचन एकै दिनमा सम्पन्न गर्ने तयारी

निर्वाचन आयोगले दोस्रो संविधानसभा निर्वाचनको मतदान सकेसम्म एकै दिन सम्पन्न गर्ने जनाएको छ । प्रमुख निर्वाचन अधिकृत निलकण्ठ उप्रेतीले मसिंर ४ गते एकै दिन सबै तिर निर्वाचन गराउने आफूहरुको तयारी रहेको बताए ।
आगामी संविधानसभाका लागि तयार पारिएको संविधानसभा सदस्य निर्वाचन आचारसंहिता, २०७० का बारेमा सञ्चार माध्यमका प्रमुखहरुसँग आज यहाँ भएको छलफलमा प्रमुख आयुक्त उप्रेतीले सो जानकारी दिए ।
“हाम्रो चाहना मसिंर ४ गते एकै दिन मतदानलाई स्वतन्त्र, निस्पक्ष, धाँधलीरहितरुपमा सम्पन्न गर्ने हो, यसै लक्ष्यका साथ आयोगले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरिराखेको छ,” उनले भने ।
निर्वाचनका लागि आवश्यक ऐन अध्यादेश मार्फत जारी भइसकेको र आयोगले निर्वाचन नियमावली पनि पारित गरेको छ । साथै आयोगले सोही नियमावलीअनुरुप निर्देशिका तयार पारिरहेको छ । अर्काेतर्फ आयोगले सोही मितिमा निर्वाचन सम्पन्न गर्नेगरी २५ बुँदे कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।
आयोगका आयुक्तहरु र सचिवको सहभागिता रहेको सो छलफलमा प्रमुख आयुक्त उप्रेतीले आयोगको एकमात्र लक्ष्य निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु हो भन्दै यसमा शङ्काका दृष्टिबाट नहेर्न आग्रह गरे । उनले निर्वाचनका लागि आवश्यक पर्ने ६७ किसिमका सामग्री जुटाउन लागिपरेको जानकारी दिँदै मतपत्र जनक शिक्षा सामग्री केन्द्रमै छापिने स्पष्ट पारे ।
आयोगका अनुसार दल दर्ताका लागि १३९ दलले आयोगमा निवेदन दिएका छन् । ती दलको निवेदनको आधिकारिता दिएपछि मतमत्रको अन्तिम व्यवस्था अयोगले मिलाउनेछ । आयोगले निर्वाचनका लागि देशभर १० हजार मतदान केन्द्र रहने जानकारी दिएको छ ।

आयोगले ती मतदान केन्द्र रहने स्थानका बारेमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)का माध्यमबाट अध्ययन सुरु गरिसकेको छ । जिपिएस मार्फत केन्द्रहरुको भौगोलिक अवस्था, सुरक्षा प्रणाली, सडक, बत्ती आदिका बारेमा जानकारी प्राप्त हुनेछ ।
प्रमुख आयुक्त उप्रेतीले आगामी निर्वाचनमा करिब सात अर्ब रुपैयाँ खर्च हुने जानकारी दिँदै आवश्यक रकमका लागि सरकारसँग अनुरोध गरिसकिएको जानकारी दिए । उनका अनुसार निर्वाचनमा सुरक्षा निकायसमेत गरी दुई लाखभन्दा बढी कर्मचारी खटिने छन् । ती कर्मचारीलाई निर्वाचनको सम्पूर्ण जानकारी दिन आयोगले तालिम सामग्री तयार पारिसकेको छ । निकट भविष्यमा तालिम कार्यक्रम सञ्चालन गरिने प्रमुख आयुक्त उप्रेतीले जानकारी दिए ।
आयोगले निर्वाचनका बारेमा मतदाता शिक्षा नीति तयार पारी प्रत्येक मतदाताको घर आँगनमा आयोग उपस्थित हुने जनाएको छ ।
छलफलमा सहभागी सञ्चार क्षेत्रका अगुवाहरुले निर्वाचनको सञ्चार अनुगमनको जिम्मा प्रेस काउन्सिलजस्ता स्वतन्त्र निकायलाई दिन सुझाव दिएका थिए । उनीहरुले निर्वाचन आचारसंहिता पालना गर्न आफूहरु प्रतिबद्ध रहेको जानकारीसमेत गराएका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget