news and more entertainment

१८ वर्ष उमेर पुगेलाई मतदाता नामावली दर्ता म्याद जारी दर्ता गराउनेको भीड

काठमाडौ, असार १८ - चुनावमा मतदान निम्ति फोटोसहितको मतदाता नामावली दर्ता गराउनेको भीड बढेको छ । निर्वाचन आयोगले मंसिरमा हुने संविधानसभाको निर्वाचनमा भाग लिन असार मसान्तभित्र १८ वर्ष उमेर पुगेलाई मतदाता नामावली दर्ता म्याद जारी गरेपछि भीड बढेको हो ।
देशकै सबैभन्दा बढी जनघनत्व रहेको राजधानीका तीन जिल्लामा १० लाख २८ हजारभन्दा बढी फोटोसहितको मतदाता नामावलीमा दर्ता भएका छन् । त्यसमध्ये २४ जना तेस्रो लिङ्गी रहेका छन् । 'जसरी हुन्छ यो पटक भोट हाल्ने सोचमा छु,' राजधानीको चन्डोलनिवासी मिनाली गुरुङले भनिन्, 'त्यसैले फोटोसहितको मतदाता नामावली दर्ता गराउदैछु ।'
उनी भरखरै एमबिबिएस सकेर बिएण्डबी अस्पतालमा कार्यरत चिकित्सक हुन् । सोमबार बबरमहलस्थित निर्वाचन कार्यालयमा भेटिएकी गुरुङले पहिलो पटक मतदान गर्न लागेको जनाइन् । मिनालीसूगै भेटिएकी चाबहिलकी प्रसना खतिवडाले देशको अवस्था सुधार्न दोस्रो संविधानसभाको निर्वाचनमा भाग लिन लालयित रहेको सुनाइन् । 'देशको अवस्था सुधार्न चुनाव हुन आवश्यक छ,' यसअघिको संविधानसभामा पनि भोट दिएको जनाउँदै उनले भनिन्, 'त्यसैले हामी युवा पुस्ताले जसरी पनि निर्वाचनमा भाग लिनैपर्छ । त्यसैले मतदाता नामावलीमा दर्ता हुूदैछु ।'
निर्वाचन कार्यालयमै भेटिएका झापा मेचीनगर- १ का टंक दाहाल र विद्या अधिकारी दाहाल दम्पती समय लिएरै फोटोसहितका मतदाता नामावली खिचाउन आएको बताए । 'मतदाता नामावली दर्ता म्याद सकिन लाग्यो, त्यसैले समय लिएरै दर्ता हुन आयौं,' नेपाल एयरलाइन्समा कार्यरत दाहालले भने, 'नागरिकताको ठेगानाअनुसार भोट हाल्न त झापा जानुपर्छ ।'
गोरखा बारपाक- ९ का टंकबहादुर घले पहिलो पटक नाम दर्ता गराउून आएको बताए भने रामेछाप खाूडीदेवी- ८ का मोतीलाल घिसिङ दोस्रो पटक भोट हाल्ने तयारी गरेको जनाए । कीर्तिपुर- १६ का डेबिड महर्जन सोमबारै नागरिकता पाएर फोटोसहितको मतदाता नामावलीमा दर्ता भए ।
मतदाता नामावली दर्ता गराउन हरेक जिल्ला निर्वाचन र जिल्ला प्रशासन कार्यालयमा व्यवस्था रहेको छ । सोह्र वर्ष पुगेका व्यक्तिले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नसक्छ ।  प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेलगत्तै मतदाता नामावलीमा दर्ता गराउन पाउूदछन् । संविधानअनुसार १८ वर्ष पुगेर मतदाता नामावलीमा दर्ता भएको व्यक्तिले मतदान गर्न पाउूछ । सरकारले फोटोसहितको मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्र बनाउने भएकोले यसको महत्व बढेको हो ।
यही असार १५ गतेभित्र काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा ६ लाख ६१ हजार २ सय ४५ जना दर्ता भएको प्रमुख शम्भुप्रसाद चालिसेले बताए । त्यसमध्ये ५ लाख २४ हजार ४ सय ७८ काठमाडौंको मतदाता र अन्य जिल्लाका १ लाख ३६ हजार ७ सय ६७ रहेका छन् । त्यसमा तेस्रो लिङ्गी १७ जना छन् । 'नागरिकता लिने र मतदाता नामावली दताए गराउनेको को भीड उस्तै छ,' काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्त गौतमले कान्तिपुरसित भने, 'निर्वाचनप्रति नागरिकमा चेतना बढेको देखिन्छ । असार मसान्तभित्रै सकिने भीड क्षणिक हो । फोटोसहितको नामावली दर्ता गराउन क्यामरा, ल्यापटप थपेका छौं ।'
फोटो खिचाउनेको भीड व्यवस्थापनका निम्ति निर्वाचन कार्यालयमा आठवटा क्यामरासहितको कम्प्युटर तथा जनशक्ति व्यवस्थापन गरेको निर्वाचन अधिकारी चालिसेले बताए । उनले भने, 'अझै केही दिन भीड कायम रहने छ ।'
त्यसैगरी ललितपुरबाट २ लाख १८ हजारले नामामवली दर्ता गराएको निर्वाचन प्रमुख शान्ता नेपाल मरासिनीले बताइन् । यसअघि खटिएको नागरिकता टोलीले ललितपुरको दुर्गम गाउँमा फोटोसहितको मतदाता नामावली खिचाउने काम प्रभावकारी ढंगले सम्पन्न गरेको उनको दावी छ । 'दैनिक दुईसयको हाराहारीमा नाम दर्ता गराउूदै छन्,' उनले भनिन्, 'नगरपालिका क्षेत्रमा अझै धेरैजनाले नामावली दर्ता गराउन निस्किएका छैनन् कि भन्ने अनुमान गरेका छौं ।'
उता देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरमा अहिलेसम्म १ लाख ४८ हजारभन्दा बढी दर्ता भएको निर्वाचन प्रमुख चुरामणि पन्थीले जनाए । त्यसमा ७४ हजार ३ सय ५३ महिला, ७२ हजार ४ सय पुरुष र सातजना तेस्रो लिङ्गी छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget