जेठ २२ एजेन्सी । हाम्रो गाउँघरमा कसैको कुकुरले टोक्यो भने कति क्षतिपूर्ति तिर्नुपर्ला ? हाम्रो उत्तर हुन सक्छ, उपचार खर्च, निको नहुन्जेलसम्म सबै खर्च बेहोर्नुपर्छ ।
तर अमेरिकाका एक पुरुषले कुकुरले टोकेबापत मागेको क्षतिपूर्ति भने सबैलाई आश्चर्यचकित पार्ने खालको छ । न्युयोर्क सिटीका एन्टन पुरुसिमालाई कुकुरले टोक्यो । त्यसपछि उनले आफूले जानेजति सबैतिर मुद्दा हाले ।
एनले न्युयोर्क सिटी, न्युयोर्क सिटी ट्रान्जिट, बेकरी, कुकुरको मालिक आदिसँग मागेको क्षतिपूर्तिको रकम चकित पार्ने खालको छ । उनले २,०००, ०००, ०००, ०००, ०००, ०००,०००,०००,०००,०००,०००,००० डलर मागेका छन्, अर्थात दुई अनडेसिमिलियन डलर । ३६ वटा शून्य भएको संख्यालाई अनडेसिमिलियन भनिन्छ ।
आफ्नो घाउ पैसाले भर्न नसक्ने भएपछि आफूले यति रकम मागेको उनले बताए । त्यतिमात्रै होइन, उनले अस्पतालमा हुदा आफ्नो तस्वीर खिच्ने चिनियाँ दम्पतिमाथि पनि ठूलो रकमको दावी सहित मुद्दा हालेका छन् । त्यो मुद्दा के हुन्छ भन्ने बारेमा केही नबताइएपनि खारेज हुने सम्भावना रहेको बताइएको छ ।
Post a Comment