news and more entertainment

मोदी आएपछि आलिया बरुणको चुम्बनमा रोक

aaliya-and-barun-kiss
करण जोहरले नै निर्माण गरेका थुप्रै चलचित्रमा समावेश चुम्बनका दृश्यमा भारतीय सेन्सर बोर्डले केही भनेको थिएन । तर भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी आउने भएपछि एकाएक माहोल फेरिएको छ ।
करण जोहरले नै निर्माण गरेको नयाँ चलचित्र ‘हम्टी शर्मा कि दुल्हनिया’मा समावेश केही चुम्बनका दृश्यमाथि सेन्सरले कैची लगाएको छ । यसबाट निर्माता करण जोहर निक्कै निराश छन् । नायक बरुण धवन र नायिका आलिया भट्टका केही चुम्बनका दृश्यलाई लिएर सेन्सरले आपत्ती जनाएको हो ।
यसअघि उनले नै बनाएको ‘टू स्टेट’मा समावेश थुप्रै चुम्बनका दृश्यलाई सेन्सरले सहजै छोडेको थियो । तर प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदी आउने पक्का भएपछि सेन्सरले पनि आफ्नो योजना परिवर्तन गरेको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget