यतिबेला भारत मोदीमय छ । भारतीय जनता पार्टीले प्रष्ट बहुमत ल्याएपछि बलिउड स्टारहरु पनि सामाजिक संजालमार्फत् उनलाई बधाई दिइरहेका छन् ।
बलिउड चुनावमय हुनुमा यतिमात्र कारण छैन् । चर्चित बलिउड हस्तीहरु यो चुनावमा भिडेका थिए जसमध्ये केहीले जिते भने केहीले पराजय भोगे ।
कुनै जमानाकी चर्चित हिरोइन हेमा मालिनी र चरित्र अभिनेतृ किरण खेरले लोकसभा चुनाव जितेर सांसद बनेका छन् ।
हेमाले मथुरा क्षेत्रबाट र किरणले चण्डीगढ क्षेत्रबाट चुनाव जिते ।
यसैगरि अभिनेता परेश रावलले पनि गुजरातको अहमदाबाद क्षेत्रबाट चुनाव जितेका छन् । यसैगरि मनोज तिवारीले दिल्लीबाट चुनाव जितेका छन् । गायक बबुल सुप्रियो, नायिका मुनमुन सेनले पनि चुनाव जितेका छन् ।
कंग्रेसको तर्फबाट उत्तर प्रदेशमा चुनाव लडेका राज बब्बरले चुनाव हारेका छन् । राहुल गान्धीसँग चुनाव लडेकी स्मृति इरानीले पनि चुनाव हारेकी छिन् ।
सबैभन्दा चर्चित हार चाहिं आइटम गर्ल राखी सावन्तको भयो जसले आफ्नो जमानत पनि जोगाउन सकिनन् । बिजेपीबाट उठेका चर्चित गायक बप्पी लाहिरीले पनि जनताको बिश्वास जित्न सकेनन् ।
Post a Comment