news and more entertainment

अभिषेकले लेखे,-’म दोश्रो बिहे कहिले गर्दैछु’ ?

aishwarya-rai-abhishek-bachchan
आफ्नो र नायिका ऐश्वर्या रायविचको सम्बन्धमा दरार आएको चर्चाले बलिउड नायक अभिषेक बच्चन केही हैरान भएका छन् । अभिषेक र ऐश्वर्या डिभोर्सको अवस्थासम्म पुगेको खबर भारतका चर्चित मिडियाले सार्वजनिक गरिरहेका छन् ।
यसैले पनि यस्ता खबरले यतिबेला बच्चन परिवार केही हैरान देखिएको छ । नायक अभिषेक बच्चनले आफू र ऐश्वर्या रायविचको सम्बन्धमा आएको दरार र डिभोर्स हुन लागेको खबरलाई घुमाउरो तबरले खण्डन गरेका छन् ।
उनले ट्विटरमा ट्विट गरेका छन् ‘ओके ठिक छ । म मान्छु कि म डिभोर्स गर्न जाँदैछु । धन्यवाद । मलाई यसको बारेमा जानकारी दिएकोमा । के तपाई बताउन सक्नुहुन्छ कि म दोश्रो बिहे कहिले गर्दैछु ? धन्यवाद ।
अभिषेकको यो ट्विटले सालिन आक्रोश देखाएको छ । हालै मात्र एक फिल्म फेस्टिबलमा ऐश्वर्या अभिषेक विनै पुगेपछि उनीहरुको सम्बन्धमा दरार आएको र डिभोर्स हुन लागेको खबरलाई थप बल मिलेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget