(एजेन्सी)– तीनजनामध्ये एकजना महिलाले आफ्नो पूर्व सम्बन्धमा नै सबभन्दा राम्रो सेक्स भएको स्विकारेका छन्, एक नयाँ अध्ययनले जानकारी दियो ।
सेक्स टोई रिटेलर लभहनीले १,१०० महिला र पुरुषमा गरिएको उक्त अध्ययनले भने जम्मा २९ प्रतिशत पुरुषहरुले मात्र आफ्नो एक्ससँगको सेक्स बढि रोमाञ्चक भएको बताए ।
‘आफूले रोमाञ्चक सेक्स गरेको पुरुषसँग महिलाले विवाह गर्न चाहँदैनन् । विवाह गर्नको लागि उनीहरुले उक्त पुरुष विश्वासिलो छ कि छैन अथवा राम्रो पिता बन्न सक्छ कि सक्दैन भन्ने कुराहरु सोचेर नै विवाह बन्धनमा बाँधिने गर्दछन् । ‘म आफ्नो श्रीमान्लाई धेरै माया गर्छु तर उहाँसँग सेक्स गर्दा पूर्व सम्बन्धमा रहँदाको सेक्स सम्झने गर्दछु’ भन्ने मेलहरु मलाई धेरै आउने गर्दछन् , ’ डेल्ली मेलले सेक्स एक्सपर्ट ट्रेसी कक्सलाई उदृत गर्दै भन्यो ।
‘आफ्नो पूर्व प्रेमी नपाएकोमा उनीहरुले कुनै दुःख मनाउ गर्दैनन् तर उनीहरुबिच भएको रमाइलो सेक्सलाई भने मिस गर्ने गर्दछन्,’ कक्सले जानकारी दिइन् ।
दुबै महिला पुरुषले सेक्स उमेरसँगै राम्रो हुँदै जाने बताए र मात्र ७ प्रतिशतले आफ्नो पहिलो प्रेम नै सबभन्दा राम्रो प्रेम भएको बताए ।
धेरैजनाले ‘लभ’ र ‘प्यासन’ ले सबभन्दा राम्रो सेक्स हुने कुरामा सहि मिलाए ।
ती मध्ये जम्मा चार प्रतिशत महिला र तीन प्रतिशत पुरुषले वान नाइट स्ट्यान्डमा सबभन्दा राम्रो सेक्स भएको बताए भने एक प्रतिशतले बिदा मनाउन जाँदा गरिएको सेक्स बेस्ट सेक्स भएको बताए ।
६२ प्रतिशत महिला र ७१ प्रतिशत पुरुषले आफ्नो वर्तमान पार्टनरसँगको सेक्स सबभन्दा राम्रो रहेको बताए ।
Post a Comment