पुरुषले बच्चा पाउँदा ब्यथा खप्न नसकेपछि..
१ जेठ, एजेन्सी ।
भनिन्छ प्रसव पीडा एउटा मात्र यस्तो पीडा हो जसलाई चाहेर पनि पुरुषले ग्रहण गर्न सक्दैनन् किनभने बच्चालाई जन्म दिने प्राकृतिक गुण महिलामा मात्र रहेको हुन्छ । तर अब पुरुषले पनि यस्तो पीडा थाहा पाउन सक्नेछन् ।
एउटा विषेश यन्त्रको प्रयोग गरेर पुररुषहरुलाई प्रसव पीडाको आभाष गराइएको छ । चीनको जियाङ्जि प्रान्तको नान्चाङ्ग शहरमा अवस्थित एक स्थानिय टिभि स्टेशनका २० जना पुरुषहरुलाई यो पीडा थाहा पाउने मौका दिइएको थियो तर यसलाई उनीहरुले ३० सेकेन्डसम्म पनि सहन सकेनन् ।
उक्त टेलिभिजन सोको मुख्य उद्देश्य ती पुरुषहरुलाई बच्चा जन्माउँदा महिलाले कति पीडा सहन्छिन् भन्ने कुराको ज्ञान दिलाउनु थियो । उक्त कार्यक्रममा पीडाको १० वटा तह राखिएको थियो– ५०० देखि ५,००० सम्मको ।
प्रसव पीडा दिनका लागि ती पुरुषहरुको पेटमा विद्युतीय तरङ्ग फ्याकिँएको थियो । पीडा दिनथालेको केहि सेकेन्डभित्रै उनीहरु चिच्याएका र पीडा हटाउन आग्रह गरेका थिए ।
ब्रिटीश गायक इयान इंग्लिस, ३१, ती पुरुषहरुमध्येका एक हुन् । उनलाई पीडा दिन सुरु गरिएको केहि सेकेन्डमा नै सक्दिनँ भनेका थिए । उनले १०० को पीडा हुँदा नै पीडालाई रोक्न लगाएका थिए । उनी भन्छन्, ‘मेरो लागि यो पीडा सहनै नसकिने भयो । पीडा निकै भयानक थियो । ’ ली हाओ, अर्का एक पुरुष भन्छन्, ‘यो पीडा सहनै नसकिने पीडा रहेछ । मैले अहिले थाहा पाएँ कि बच्चा जन्माउँदा मेरी श्रीमतीले किन औषधी मागेकी थिइन् ।'
झाउ नान मात्र यस्ता एक पुरुष थिए जसले त्यो पीडालाई ५०० सम्म सहन सकेका थिए । ‘म तीनजना छोराछोरीको बाबु हुँ र मेरी श्रीमतीलाई कस्तो पीडा भएको थियो भन्ने कुरा जान्न चाहन्थेँ ।’
उनी भन्छन्, ‘पीडा निकै डरलाग्दो थियो । यो पीडा के हो भन्ने थाहा पाइसकेपछि म संसारका सबै आमाहरुको हृदयदेखि आदर गर्न चाहन्छु ।’
यो कार्यक्रमका संयोजकका अनुसार यसले आमाहरु कति महान हुन्छन् भन्ने कुराको ज्ञान दिलाउँन मद्दत गर्दछ
Post a Comment