जेठ १,एजेन्सी ,
चर्चामा आउन विभिन्न बिबादास्पद कार्य गरेर नथाक्ने पाकिस्तानकी अभिनेत्री वीना मलिकले बिरामी अबस्थामा रहेका समाजिक कार्यकर्ता अब्दुल सत्तार एधीलाइ आफ्नो मृगौला दान गर्ने बताएकी छन ।
‘सत्तार एधी वेलफेयर ट्रस्ट’ मार्फत आफ्ना सामाजिक कार्यका लागी प्रशंसा पाउँदै आएका एधीले किड्नीको रोगका कारण केही समयदेखि उपचार गराइरहेका छन । आफ्ना पति असद खटकका साथमा एधी वेलफेयर ट्रस्ट पुगेकी मलिकले आफ्नो किड्नी दान गर्ने कुरा बताउदै मानिसहरूलाइ एक सफल बाटो देखाउनका लागी पाकिस्तानमा असल नेता तथा मानिसहरूको आवश्यकता रहेको बताएकी छिन् |
Post a Comment