नायक राजेश हमालदेखि नायिका निशा अधिकारीसम्म दुई मुख लिएर बाँचेका छन् । सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर जेठ ३० गतेेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मुखौटा’ यस्तै कथा बोल्छ ।
हेर्दा सही लाग्ने व्यक्तीको अर्को मुख खराव हुनपनि सक्छ, हेर्दा खराव लाग्ने व्यक्तीको अर्को मुख सकारात्मक पनि हुनसक्छ, अनलाइनखबरसँगको एक भेटमा निर्देशक अर्पण थापाले यस्तै रहस्य खोले ।
रविन श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रमा ९ जना चर्चित कलाकार छन् । ‘तर सबैको दुई मुखे बानी छ’, रविनले भने । चलचित्रमा राजेश हमाल, सौगात मल्ल, रबिन तामाङ, सुनिल थापा, दयाहाङ राई, अर्पण थापा, निशा अधिकारी, प्रशान्त ताम्राकार र हषिर्का श्रेष्ठको मुख्य भूमिका छ ।
ग्याङस्टारको यो सिनेमा भित्र निर्देशक अर्पण थापा र नायिका निशा अधिकारीको हट बेड सिन पनि छ । जसले यतिबेला मानिसमा कौतुहलता पैदा गरिदिएको छ । चलचित्रको निर्माण यूनिटले अनलाइनखबरलाई सिनेमा मेकिङका केही तस्बिरहरु उपलब्ध गराएको छ ।
Post a Comment