२४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एकै परिवारका हजुरबादेखि नातिसम्म जेल परेका छन् ।
इन्डोनेसियाकी एक घरेलु महिला कामदारलाई बलात्कार गरी ‘यौन दासी’ बनाएको अभियोगमा ताइवानको एक परिवारका तीन पुस्तालाई जेल पठाइएको छ ।
ती महिलालाई सुरुमा हजुरबाले यौन दुर्व्यवहार गरेका थिए । एक दिन भुई पुछिरहेका बेला ती बृद्धले पछाडीबाट आएर उनीमाथि आक्रमण गरेका थिए । त्यसपछि उनले मुख मैथुन गर्न बाध्य बनाएको र अन्तिममा बलात्कार गरेको ती महिलाले बताइन् ।
उजुरी गरे इन्डोनेसिया नै फिर्ता पठाइदिने भन्दै उनले त्यसपछि हप्तामा एक दुईपटकका दरले यौन शोषण गरेको उनले बताइन् । हरेक सम्पर्कपछि उनले ती महिलालाई १६ डलर दिएर फकाउने गरेका थिए ।
त्यसपछि उनका ४५ वर्षीय छोराले पनि उनीमाथि यौन शोषण गर्न थाले, अन्तिममा पालो आयो १५ वर्षीय किशोरको । उनले पनि यी घरेलु कामदारलाई यौन दासी बनाउन बाँकी राखेनन् ।
जब यी महिलाले पैसा जम्मा गरेर आफुलाई काम लगाउने दलालको पैसा फिर्ता गरिन् अनि मात्र उनले कानुनी उपचार खोजिन् ।
अदालतमा यी हजुरबादेखि नातीसम्मले आफुहरुले पैसा दिएर यौन सम्पर्क राखेको र त्यसमा उनी राजी रहेको दावी गरेका थिए । तर अदालतले त्यसलाई मानेन ।
४३ पटक बलात्कार गरेको अभियोगमा हजुरबालाई १० बर्ष, ३५ पटकको अभियोगमा छोरालाई ९ बर्ष र ३ पटक बलात्कार गरेको अभियोगमा नातीलाई पुर्नस्थापना केन्द्र पठाउने अदालतले फैसला गरेको छ ।

Post a Comment