news and more entertainment

यस्ता दुस्ट बाउहरु पनि हुदोरहेछ .. आफ्नो नाबालकलाई बेचेर खानु पर्ने.. श्रीमतीले बेच्न नदिदा पछारेर मारे.. ..

 असार १७ ,पश्चिम बंगाल (एजेन्सी)– कोलकाताको तारातला इलाकाको ब्रेस ब्रिजसँगैको इन्द्रपल्लीमा एक बुवाले आफ्नी नाबालक छोरीलाई भुँइमा पछारेर हत्या गरेका छन् ।


 जानकारीका अनुसार आरोपी बुवा अमर विश्वास अफ्नी डेढ वर्षकी छोरीलाई बाल तस्करलाई बेच्नका लागि लाने क्रममा थिए तर उनकी श्रीमती मोना विश्वासले यसको विरोध गरिन् ।

जेठी छोरीलाई लिएर घरभित्र छिरिन् । त्यहि कुरामा रिसाएका श्रीमानले नजिकै सुतिरहेकी छोरी पूजा विश्वासलाई भुँइमा पछारे र त्यहाँबाट भागे । अस्पताल पुराएपछि डाक्टरहरुले पूजालाई मृत घोषित गरे ।
महिलाको उजुरीका आधारमा पुलिसले आरोपी अमरलाई पक्राउ गरेको छ ।

आरोपी आफ्नो गाऊँ उत्तर २४ परगानास्थित बगदा भाग्ने प्रयासमा रहेको पुलिसले बताएको छ । पूजालाई जन्म दिनेबित्तिकै अमर उनलाई अरु दुई छोरीहरु जन्म दिन दबाब दिएको र यसका लागि कुटपिट पनि गर्ने गरेको मोनाले बताइन् । घटनाको छानबिन भइरहेको जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget